×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिलक कोइरालाले अनशन तोडे !

काठमाडौं । सेयर लगानीकर्ता तिलक कोइरालाले अनशन तोडेका छन् । उनका मागहरु सम्बोधन गर्न नियामक धितोपत्र बोर्ड तयार भएपछि अन्ततः उनले अनशन तोडेका हुन् ।

कोइराला बिगत १० दिनदेखि धितोपत्र बोर्ड परिसरमा अनशनरत थिए । कोइरालले जुस पिएर अनशन तोडेका हुन् । उनलाई धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अनशन तोडाएका हुन् । अनशनका क्रममा उनको स्वास्थ्यस्थिति जटिल बनेको भन्दै प्रधानमन्त्री शेर बहादुर देउवाले बुधबार नै कोइरालाका मागहरु पूरा गर्नेगरी सहमति गर्न सचिवालयमार्फत धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए ।

१० दिन लामो अनशन तोडेपछि तिलक कोइरालाले सबैलाई बधाई दिंदै सबैको जित भएको प्रतिक्रिया दिएका छन् ।

अनशन तोडिएपछि अहिले धितोपत्र बोर्ड परिसरमा खुसीयाली छाएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: