काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ३० लाख २० हजार ६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल इन्भेस्टमेन्ट बैंकको भएको छ । यस कम्पनीको १२ करोड १३ लाख ७३ हजार ९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा मैलुङ खोला जलबिद्युतले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको हो। यस अलावा बलेपी हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र उपकर लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा शिखर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगतिभ सर्किट लागेको हो । शिखरको सेयरमा यस्तो गिरावट आउँदा नेपाल इन्भेस्टमेन्ट बैंक,गुराँस इन्स्योरेन्स,लाइफ इन्स्योरेन्स कर्पोरेशन र मानुषी लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्भेस्टमेन्ट बैंकको भएको छ । यस कम्पनीको१२ करोड १३ लाख ७३ हजार ९ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी ,शिखर इन्स्योरेन्स, एनआइसी एशिया बैंक र आरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्