×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारको सेयर बजार : उपकार लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

PRIME CA

सोमबारको सेयर बजार : उपकार लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

अर्थ सरोकार

२३ जेष्ठ २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १२.९२ अंकले घटेर २०६५.७८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ४४ लाख ९ हजार ६ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ८ करोड २४ लाख ७७ हजार ३ सय ८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोसेटिभ सर्किट लागेको हो। यस अलावा बलेपी हाईड्रोपावर, नारायणी देभ्लोप्मेन्ट बैंक, मिथिला लघुवित्त र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा हिमालयन बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयनको सेयरमा यस्तो गिरावट आउँदा महुली लघुवित्त,नेपाल लाइफ इन्स्योरेन्स,मनकामना स्मार्ट लघुवित्त र गुराँस लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ८ करोड २४ लाख ७७ हजार ३ सय ८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक,नेपाल लाइफ इन्स्योरेन्स,अरुण भ्याली हाइड्रोपावर र हिमालयन डिस्ट्रीलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: