काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४५.५९ अंकले घटेर २०२०.२३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३४ कम्पनीको ३८ लाख ८७ हजार ७ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको ६ करोड ११ लाख ८८ हजार ६ सय ८३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच मंगलबारको सेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोसेटिभ सर्किट लागेको हो। यस अलावा बलेपी हाईड्रोपावर,मौउन्टेन हाईड्रो नेपाल,नारायणी देभ्लोप्मेन्ट बैंक,र आरबिबि म्युचल फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा हिमालयन बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयनको सेयरमा यस्तो गिरावट आउँदा सपोर्ट माइक्रोफाईनान्स,समता घरेलु लघुवित्त,जनउत्थान सामुदायिक लघुवित्त र एनएमबि – ५० मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैगरि मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार एनआइसी एशिया बैंकको भएको छ । यस कम्पनीको६ करोड ११ लाख ८८ हजार ६ सय ८३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा कुमारी बैंक,हिमालयन डिस्ट्रीलरी,शिवम सिमेन्ट र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्