×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपकार लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !

काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२९ कम्पनीको ४१ लाख ५६ हजार १ सय ०४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ७४ लाख ६९ हजार ३ सय ०१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहिबारको सेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोसेटिभ सर्किट लागेको हो। यस अलावा  बलेपी हाईड्रोपावर,एनएमबि -५०, मिथिला लघुवित्त र आरबिबि म्युचल फण्ड -१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

  

यस्तै बिहिबारको सेयर बजारमा सिङ्गति हाईड्रो इनर्जी लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सिङ्गतिको सेयरमा यस्तो गिरावट आउँदा समीट लघुवित्त,एमेर्जिङ्ग नेपाल,लुम्बिनी बिकाश र प्रोग्रेसिभ फाईनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ७४ लाख ६९ हजार ३ सय ०१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रीलरी,अरुण काबेली, यशिएन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: