काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७.५७ अंकले बढेर १९७१.३६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ६३ हजारमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १० करोड १४ लाख ७० हजार ८ सय ७९ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी शुक्रबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त ,लुम्बिनी जेनेरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । रिभर फल्सको सेयरमा यस्तो गिरावट आउँदा बुद्ध भुमि नेपाल हाईड्रोपावर,संगति हाईड्रो इनर्जी ,गणपति लघुवित्त वित्तीय संस्था र माउन्टेन हाईड्रो नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १० करोड १४ लाख ७० हजार ८ सय ७९ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सेन्चुरी कमर्सिअल बैंक, नेपाल क्रेडिट एण्ड कमर्सिअल बैंक,कुमारी बैंक र लक्ष्मी बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्