काठमाडौं । आइतबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२३ कम्पनीको ३६ लाख ६६ हजार ८ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १० करोड २९ लाख ८९ हजार ७ सय ६१ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा प्रभु लाइफ इन्स्योरेन्स, सीवाईसी नेपाल लघुवित्त ,राष्ट्र उत्थान लघुवित्त,र एमेर्जिङ्ग नेपाल लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । रिभर फल्सको सेयरमा यस्तो गिरावट आउँदा बलेफी हाईड्रोपावर,मितेरी डेभ्लोप्मेन्ट बैंक ,माउन्टेन हाईड्रो नेपाल,र हिमाल दोलखा हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १० करोड २९ लाख ८९ हजार ७ सय ६१ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल क्रेडिट एण्ड कमर्सिअल बैंक,सेन्चुरी कमर्सिअल बैंक,नबिल बैंक र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्