×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आधिखोला लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

PRIME CA
GLOBAL IME BANK

आधिखोला लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

६ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड ८३ लाख २० हजार बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा  सीवाईसी नेपाल लघुवित्त , ओरियन्टल होटेल,सिद्धार्थ इक्युटि फण्ड,र १०.५ % नेपाल इन्भेस्टमेन्ट डिभेन्चरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा तेर्हथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । तेर्हथुमको सेयरमा यस्तो गिरावट आउँदा कालिका पावर कम्पनी,रिभर फल्स कम्पनी,कर्णाली डेभलोपमेन्ट बैंक,र माउन्टेन हाईड्रो नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड ८३ लाख २० हजार बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल दूरसंचार कम्पनी,हिमालयन डिस्ट्रीलरी,एनआइसी एशिया बैंक र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: