×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आधिखोला लघुवित्तका सेयर होल्डरले पैसा छापे, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

PRIME CA
GLOBAL IME BANK

आधिखोला लघुवित्तका सेयर होल्डरले पैसा छापे, यी कम्पनीका लगानीकर्ता पनि मालामाल !

७ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५ सय १६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड ७२ लाख ९२ हजार ८ सय ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त , सप्तकोशी डेभलप्मेन्ट बैंक,सामुदायिक लघुवित्त वित्तीय संस्था,र रिभर फल्स पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा नबिल ब्यालेन्स फण्ड -२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर २ प्रतिशत भन्दा धेरैले घटेको हो । नबिल ब्यालेन्सको सेयरमा यस्तो गिरावट आउँदा तेर्हथुम पावर कम्पनी,एनआइसी एशिया ब्यालेन्स फण्ड ,लक्ष्मी इक्युटी फण्ड,र एनएमबि -५० मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ११ करोड ७२ लाख ९२ हजार ८ सय ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक,अरुण भ्याली हाइड्रोपावर,नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: