×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यादी हाईड्रोपावरमा पोजेटिभ सर्किट लाग्यो, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

न्यादी हाईड्रोपावरमा पोजेटिभ सर्किट लाग्यो, यी कम्पनीका सेयर होल्डर पनि मालामाल !

Artha Sarokar

१० असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शुक्रबार नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२३ कम्पनीको ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ६३ लाख १२ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी शुक्रबारको सेयर बजारमा न्यादी हाईड्रोपावरले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन,राधि विद्युत कम्पनी र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको हो । आधिखोलाको सेयरमा यस्तो गिरावट आउँदा  मेगा म्युचल फण्ड-१ ,महुली लघुवित्त,घलेम्दी हाईड्रो लिमिटेड र सन्राइज ब्लुचिप फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ६३ लाख १२ हजार ३ सय ४७ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नगदी ग्रुप पावर,लक्ष्मी बैंक,हिमालयन डिस्ट्रीलरी र सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी