काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४५.२५ अंकले घटेर १८४८.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३७ कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९५ करोड ३१ लाख २ हजार ५ सय १० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९५ करोड ३१ लाख २ हजार ५ सय १० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा लक्ष्मी बैंक लिमिटेड,नबिल बैंक,हिमालयन डिस्ट्रीलरी र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त, एनआइसी एशिया ब्यालेन्स फण्ड,वेन नेपाल लघुवित्त,र गुराँस फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा शिव श्री हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ९ प्रतिशत भन्दा धेरैले घटेको हो । शिव श्रीको सेयरमा यस्तो गिरावट आउँदा लिबर्टी इनर्जी कम्पनी ,समलिंग पावर कम्पनी,एनआइबिएल प्रगति फण्ड,र जोशी हाईड्रोपावर डेभलपमेन्ट मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्