काठमाडौं । बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १८.२६ अंकले घटेर २११२.४७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२७ कम्पनीको ३५ लाख ६६ हजार ८ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार माउन्टेन हाईड्रो नेपालको भएको छ । यस कम्पनीको १२ करोड १२ लाख ७८ हजार ६ सय ९३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहिबारको सेयर बजारमा बलेपी हाईड्रोपावरले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो। यस अलावा माउन्टेन हाईड्रो, उपकर लघुवित्त, लुम्बिनी जेनेरल र गुराँस लघुवित्तका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । प्रभुको सेयरमा यस्तो गिरावट आउँदाउन्नति सहकार्य लघुवित्त,कर्पोरेट देभ्लोप्मेन्त बैंक ,प्रेमिएर लाइफ इन्स्योरेन्स र हिमालयन उर्जा विकाशमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार माउन्टेन हाईड्रो नेपालको भएको छ । यस कम्पनीको १२ करोड १२ लाख ७८ हजार ६ सय ९३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, नबिल बैंक,हिमालयन डिस्ट्रीलरी र शिखर इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्