काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १२.९२ अंकले घटेर २०६५.७८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ४४ लाख ९ हजार ६ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ८ करोड २४ लाख ७७ हजार ३ सय ८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ८ करोड २४ लाख ७७ हजार ३ सय ८७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक,नेपाल लाइफ इन्स्योरेन्स,अरुण भ्याली हाइड्रोपावर र हिमालयन डिस्ट्रीलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा उपकार लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा बलेपी हाईड्रोपावर, नारायणी देभ्लोप्मेन्ट बैंक, मिथिला लघुवित्त र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा हिमालयन बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । हिमालयनको सेयरमा यस्तो गिरावट आउँदा महुली लघुवित्त,नेपाल लाइफ इन्स्योरेन्स,मनकामना स्मार्ट लघुवित्त र गुराँस लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्