×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

२५ जेष्ठ २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६०.२२ अंकले बढेर २०८०.४४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २३१ कम्पनीको ५० लाख ५ हजार ८ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको ५१ करोड २ लाख ४० हजार ३ सय ३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाईड्रोपावरको भएको छ । यस कम्पनीको ५१ करोड २ लाख ४० हजार ३ सय ३२ बराबरको सेयर कारोबार भएको हो । यस अलावा कुमारी बैंक,हिमालयन डिस्ट्रीलरी,नेपाल इन्भेस्टमेन्ट बैंक र अपि पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोसेटिभ सर्किट लागेको हो। यस अलावा  उपकार लघुवित्त, बलेपी हाईड्रोपावर,कालिका लघुवित्त र तेर्ह्रथुम पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा माउन्ट हाईड्रो नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । माउन्टको सेयरमा यस्तो गिरावट आउँदा सपोर्ट आरबिबि म्युचल  फण्ड-१,नबिल ब्यालेन्स फण्ड-२ ,एनआइबिएल प्रगति फण्ड र हिमालयन बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी