×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुक्रबारको बजार अपडेट : यी हुन् शुक्रबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२९ कम्पनीको ३० लाख ४५ हजार ८ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ४१ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ५४ लाख ५ हजार १ सय ६८ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ५४ लाख ५ हजार १ सय ६८ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल इन्भेस्टमेन्ट बैंक,मेगा बैंक,शिबम सिमेन्ट र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा ग्रिन भेन्चरले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोसेटिभ सर्किट लागेको हो। यस अलावा उपकार लघुवित्त वित्तीय संस्था ,बलेपी हाईड्रोपावर, लक्ष्मी लघुवित्त र सन्राईज फर्स्ट म्युचल फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सामुदायिकको सेयरमा यस्तो गिरावट आउँदा युनिलिभर नेपाल,युनाईटेड आइदिआइ मर्दी आरबी हाईड्रोपावर,नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: