×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको २९ लाख २० हजार ७ सय ०५ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोड ८६ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड १ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार सानिमा बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ९ करोड १ लाख ६१ हजार ५ सय ५४ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा उपकार लघुवित्त,सिभिल बैंक,बैंक अफ काठमाणडू र सेन्टुरी कमर्सिअल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा बलेपी हाईड्रोपावरले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले धेरै हो। यस अलावा ग्रिन भेन्चर ,युनिलिभर नेपाल, आधिखोला लघुवित्त र तेर्हथुम पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । मानुषीको सेयरमा यस्तो गिरावट आउँदा एनएमबी -५०,ओरिटल होटल्स ,बुद्ध भुमि नेपाल हाईड्रोपावर र उपकार लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: