×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

Artha Sarokar

१ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको ४१ लाख ८२ हजार ३ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १२ करोड ५७ लाख १४ हजार ६ सय ४९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १२ करोड ५७ लाख १४ हजार ६ सय ४९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल हिमालयन डिस्ट्रीलरी,बैंक अफ काठमाडौँ,एनआइसी एशिया बैंक र अरुण भ्याली हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले धेरै हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त ,मितेरी डेभलपमेन्ट बैंक, साधना लघुवित्त वित्तीय संस्था र एनआइबीएल सम्वृद्धि फण्ड -२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा बलेफि हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको हो । बलेफिको सेयरमा यस्तो गिरावट आउँदा लाइफ इन्स्योरेन्स,माउन्टेन हाईड्रो नेपाल,शिखर इन्स्योरेन्स र संगति हाईड्रो एनेर्जीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी