काठमाडौं । बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२१ कम्पनीको ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १३ करोड ८८ लाख ९७ हजार १ सय ५१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १३ करोड ८८ लाख ९७ हजार १ सय ५१ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल क्रेडिट एण्ड कमर्सिअल बैंक,सिभिल बैंक,एनआइसी एशिया बैंक र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहिबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्यमा पोजेटीभ सर्किट लागेको हो। यस अलावा रिभर फल्स पावर ,सामुदायिक लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था र नेपाल क्रेडिट एण्ड कमर्सिअल बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहिबारको सेयर बजारमा लुम्बिनी जेनेरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । लुम्बिनी जेनेरलको सेयरमा यस्तो गिरावट आउँदा राष्ट्र उत्थान लघुवित्त,माउन्टेन हाईड्रो नेपाल,कुमारी इक्युटि फण्ड र हिमालयन पावर पार्टनरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्