काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३० कम्पनीको ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड ८३ लाख २० हजार बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ११ करोड ८३ लाख २० हजार बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल दूरसंचार कम्पनी,हिमालयन डिस्ट्रीलरी,एनआइसी एशिया बैंक र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तीय संस्थाले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा सीवाईसी नेपाल लघुवित्त , ओरियन्टल होटेल,सिद्धार्थ इक्युटि फण्ड,र १०.५ % नेपाल इन्भेस्टमेन्ट डिभेन्चरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा तेर्हथुम पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । तेर्हथुमको सेयरमा यस्तो गिरावट आउँदा कालिका पावर कम्पनी,रिभर फल्स कम्पनी,कर्णाली डेभलोपमेन्ट बैंक,र माउन्टेन हाईड्रो नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्