Skip to content
LAXMI SUNRISE BANK

बुधबारको बजार अपडेट : यी हुन् बुधबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी !

अर्थ सरोकार

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३१.२१ अंकले घटेर १८९३.५३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको ३० लाख ३४ हजार ४ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ८४ करोड ३७ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ३९ लाख ६६ हजार ५ सय ४८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ३९ लाख ६६ हजार ५ सय ४८ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल बैंक लिमिटेड,नेपाल लाइफ इन्स्योरेन्स,नेपाल क्रेडिट एण्ड कमर्सिअल बैंक र एनआइसी एशिया बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा ग्लोबल आइएमई सम्मुनत स्किम -१ ले मनग्य पैसा छापेको छ। यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। यस अलावा आधिखोला लघुवित्त वित्तीय संस्था, नबिल इक्युटि फण्ड,सानिमा लार्ज क्याप फण्ड,र शिव श्री हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः 

यस्तै बुधबारको सेयर बजारमा युनाईटेड आइडीआइ मर्दी हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर ६ प्रतिशत भन्दा धेरैले घटेको हो ।युनाईटेडको सेयरमा यस्तो गिरावट आउँदा हिमाल दोलखा हाईड्रोपावर,घलेम्दी हाईड्रो,हिमालयन उर्जा विकाश कम्पनी,र सिन्धु विकाश बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK