काठमाडौं ।बैंक दर बढाउने भनिएको मौद्रिक नीतिपछि ट्रेजरी बिल्सको ब्याजदरले रेकर्ड ब्रेक गरेको छ । नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल्सको नविकरणका लागि निष्कासन गरेको बोलपत्रमा बैंकहरुले १३.९९ प्रतिशत ब्याजदरमा ट्रेजरी बिल्स किन्ने प्रस्ताव गरेपछि यस्तो रेकर्ड ब्रेक भएको हो । राष्ट्र बैंकले २८ दिनको २ अर्ब र ९१ दिनको लागि १३ अर्ब ६० करोड ट्रेजरी बिल्सका लागि बोलकबोल प्रक्रिया बढाएको थियो ।
१३.९९ प्रतिशतमा पुगेको ट्रेजरी बिल्सको ब्याजदर अहिलेसम्मकै बढी हो।
जानकारहरुका अनुसार अव ट्रेजरी बिल्समा नै १४ प्रतिशत ब्याजदर आएपछि बैंकहरुले जनतालाई ऋण दिने अवस्था नै रहँदैन । ‘यो त हदै भयो । हदैभन्दा पनि हदै भयो । अव नविकरणमै यस्तो अवस्था छ, चालु आर्थिक वर्षको लागि लिन खोजिएको २ खर्ब ५६ अर्बको ऋणको ब्याजदर के होला ?’ एक बैंकिङ विज्ञले अर्थ सरोकारसँग भने- ‘सरकारी ऋणपत्रमा १४ प्रतिशतसम्म ब्याज पाउने भएपछि जनतालाई ऋण दिने अवस्था कसरी हुन्छ र ? किन दिने जनतालाई ऋण ? त्यो पनि रिस्क लिएर ?’
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ब्याजदर करिडोर अन्तर्गतको दरहरुलाई १.५ प्रतिशत बिन्दुले वृद्धि गरी बैंक दर ८.५ प्रतिशत, नीतिगत दर ७.० प्रतिशत र निक्षेप संकलन दरलाई ५.५ प्रतिशत कायम गरेको थियो। अहिले बजारमा त्यसैको प्रभाव देखिएको हो । अर्कोतर्फ राष्ट्र बैंकले बैंकहरुलाई एसएलएफमा साढे ८ प्रतिशत ब्याजदर लिन थालिसकेको छ ।
राष्ट्र बैंकको मौद्रिक नीतिको यो प्रभावले अव जनताहरु भने मारमा पर्ने भएका छन् । ‘अव बैंकहरुले ऋण किन दिने भन्ने प्रश्न उठेको छ । सजिलो बाटो हुँदा हुँदै रिस्क लिएर जनतालाई ऋण किन दिने भन्ने कुरा हो ।’ एक बाणिज्य बैंकका सीइओ भन्छन्- ‘स्थिति सोचेभन्दा धेरै गाह्रो भईसक्यो । तर हामीसँग कुनै पनि विकल्प छैन।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्