काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सेयर कर्जामा रहेको अधिकतम १२ करोडसम्मको कर्जा नीति यथावत रहेको बताएका छन् । एउटा बैंकबाट अधिकतम ४ करोड र सबै बैंक तथा वित्तीय संस्थामा गरेर १२ करोड गरेर ऋण लिन पाइने पूर्ववत् नियमलाई सामान्य हेरफेर गरेर एउटा बैंकबाट १२ करोडसम्म ऋण लिन पाइने भन्दै राख्दै राष्ट्र बैंकले सो नियममा परिमार्जन गरेको हो ।
सेयर लगानीकर्ताहरुले सो नीति परिमार्जन हुने अपेक्षा लिएका थिए ।
यता नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ ।
अर्थात अव मर्जरमा गएका बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का हुने छैन।
यसअघिको समाचारमा भएको सेयर कर्जा नीति सम्बन्धि जानकारी सच्याईएको छ। -सम्पादक
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्