×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बीमामा ‘मर्जर-मेला’ : ‘लफडा नै लफडा’ पर्ने अजोड प्रभुसँग मिसिने, घुसकाण्डका आरोपित खत्री सीइओमा नरहने…

काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जाने सहमति भएको छ । पछिल्लो समय राम्रो ब्राण्डका रुपमा स्थापित भएपनि खासै बिजनेश गर्न नसकेको प्रभु, र लफडा नै लफडाको ‘अखडा’का रुपमा चिनिने अजोड इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीले १००ः७० को रेसियोमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेसँगै अव यी दुई कम्पनी एक हुने भएका हुन् ।

आगामी ६ महिनाभित्र एकिकृत कारोबार गर्ने तयारीसहित समझदारी गरेको कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहनेछ भने कम्पनीको अध्यक्षमा अजोडका आजाद श्रेष्ठ रहनेछन् । सीइओमा भने प्रभुका सञ्चित बज्राचार्य कायम रहने बताइएको छ । अजोड इन्स्योरेन्सका सीइओ कुमार बहादुर खत्री पछिल्लो समय विभिन्नखाले विवादमा तानिएकाले उनलाई सीइओ नबनाउने निष्कर्ष दुई कम्पनीको बनेको बुझिएको छ ।
स्थापना कालदेखि नै अजोडमा सीइओ बनेका खत्री विभिन्न लफडामा मुछिंदै आएका छन् । केहि समय अगाडी अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ प्रकरणमा पनि खत्री मुछिएका थिए । उनले ३ करोड रुपैयाँ धितोपत्र बोर्डलाई खुवाएर यो केस मिलाएको भनी त्यतिबेला नै अख्तियारमा केस पुगेको थियो । अख्तियारमा अहिले यो केस विचाराधीन छ ।
मर्जरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । हाल प्रभुको चुक्ता पुँजी एक अर्ब २८ करोड रुपैयाँ छ भने अजोडको एक अर्ब रुपैयाँ छ । १००ः७० को अनुपातमा स्वाप रेसियो कायम हुँदाँ नयाँ कम्पनीको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ कायम हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: