काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत पूँजीबजार फोरमका संयोजक तथा पूराना लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल राष्ट्र बैंककै नीतिका कारण सेयर लगानीकर्ता डुबेको आरोप लगाएका छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)ले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । राष्ट्र बैंकले ल्याएको नीति बजारमैत्री नहुँदा विशेषगरी साना लगानीकर्ताहरु मर्कामा परेको उनको भनाई छ ।
नेपाल राष्ट्र बैंकले ४-१२ को नीति ल्याउँदा धेरै सेयर लगानीकर्ताहरु मारमा परेको र ठुलालाई भनेर ल्याइएको सो नीतिले साना लगानीकर्ताहरु मारमा परेको उनको तर्क थियो । नेपालको धितोपत्र बजारको नियामक नेपाल धितोपत्र बोर्डमा पनि राजेनीति हाबी भएको बताउँदै उनले बोर्डको अहिलेको संरचनाले वर्तमान सेयर बजारलाई सम्बोधन गर्न नसक्ने दाबी गरेका छन् । यस्तो अवस्थामा धितोपत्र बोर्ड भन्दा राष्ट्र बैंकका नीतिले सेयर लगानीकर्तालाई मर्कामा पारेको उनको भनाई छ ।
नियामकले लगानीकर्ताको पक्षमा गर्नुपर्नेजति काम नगरेको बताउँदै उनले नेपाल राष्ट्र बैंकलाई छायाँ नियामक भएको बताएका छन् । ‘नेपालको सबैभन्दा ठुलो नियामक नै नेपाल राष्ट्र बैंक भएको छ । राष्ट्र बैंकले ल्याएको नीतिले नै लगानीकर्ताहरुलाई असर गरिरहेको छ ।’ कार्यक्रममा उनले भने- ‘मौद्रिक नीति भन्दा पनि सेयर बजारको विपरितको नीति आउने गरेको जस्तो लाग्छ । पूँजीबजारको मर्मलाई हिड्न नदिने निकाय भनेको राष्ट्र बैंक हो । अप्रत्यक्ष रुपमा सेयर बजारलाई चलाउने काम नै राष्ट्र बैंकले गरेको छ । अहिलेसम्म सेयर बजारको ट्रेण्ड हेर्ने हो भने बजारलाई अनावश्यक ‘अप एण्ड डाउन’ बनाउने काम नै नेपाल राष्ट्र बैंकले गरिरहेको छ।’
हरेक पटकको बजारको तलमाथिमा नेपाल राष्ट्र बैंकको नीति नै मुख्य कारक रहेको तर्क उनको छ । नेपाल राष्ट्र बैंक जसरी हुन्छ बजार चलाउन लागि परेको आरोप लगाउँदै उनले प्रश्न गरे- ‘३-३ महिनामा नीति किन परिवर्तन गर्नुपर्यो ? जहिले पनि सेयर बजारलाई हान्न खोजेर हुन्छ ? हचुवाको भरमा निश्चित व्यक्ति हेरेर नीति ल्याउँदा लगानीकर्ता मारमा परेकोबारे किन राष्ट्र बैंक गम्भीर छैन ?’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्