×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मधु–जनार्दनको टसल छताछुल्ल ! अर्थमन्त्रीमा शर्मा आउने भएपछि बिहानै पोखरा हानिएका थिए मरासिनी…

काठमाडौँ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीबीचको टसल छतातुल्ल भएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त हुने खबर पाएका अर्थ सचिव मरासिनी पोखरा हिँडेपछि अर्थमन्त्री र अर्थसचिवको टसल सतहमा देखिएको हो ।

तत्कालिन अर्थमन्त्री शर्मा पुनः मन्त्रालय फर्किने खबर पाएका मरासिनी आइतबार बिहानै पोखरा हिँडे । शर्मा पुनः मन्त्रालयमा फर्किने निश्चित भएपछि मन्त्रीको स्वागत गर्ने दिन नै मरासिनीले उपत्यका छोडेका थिए । सोही दिन अर्थमन्त्रीमा जनार्दन शर्माले पुनः नियुक्ति पाउनु र सोही दिन अर्थसचिवले उपत्यका छोड्नु संयोगमात्र थिएन दुईबीच भएको मनमुटावको परिणाम रहेको धेरैले अड्कल गरेका छन् ।

करका दायरा हेरफेर गरेको भन्दै अर्थमन्त्री र अर्थसचिवमाथी आरोप लागेपछि विवादमा मुछिएका अर्थसचिव मरासिनीले अनिश्चितकालका लागि मन्त्रालयबाट बिदा लिएका थिए । तर तत्कालिन अर्थमन्त्री शर्माले पदबाट राजिनामा दिएपछि त्यसको भोलिपल्ट नै अर्थसचिव मरासिनी मन्त्रालयमा उपस्थिति भए । सोही समयदेखी अर्थमन्त्री र अर्थसचिवबीचको टसलको बारेमा बहस छेडिएको थियो । अझ आइतबार राष्ट्रपति कार्यालयले शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्ति गर्ने सुईको पाएका मरासिनी बिहानै पोखरा हिँडेपछि दुईबिचको विवाद सतहमा आएको हो ।

अर्थ सचिव मरासिनी मन्त्रालयमा अनुपस्थित भएसँगै मन्त्री शर्मालाई राजश्व सचिव कृष्णहरि पुष्करले स्वागत गर्नेगरी मन्त्रालयले तयारी गरेको बताइएको छ । चालु आर्थिक वर्षको बजेटमा करका दायरा हेरफेर गरेको भन्दै विवादमा मुछिएका शर्मालाई छानबिन गर्न बनेको संसदीय विशेष समितिले सफाई दिएको थियो । अर्थमन्त्रीमा पुनः शर्माले नियुक्ति पाएपछि अर्थसचिवसहित अन्य ४ जना सहसचिवले सरुवा लिने सम्भावना रहेको स्रोतले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: