आज साउन १ गते । अर्थात अर्थ सरोकारको ‘जन्मदिन’ । छैटौँ वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूर्ण पाठक, श्राेता, दर्शक, विज्ञापनदाता, साझेदार रेडियो स्टेसनहरु, साझेदार टेलिभिजन च्यानलहरु, आफ्नो करियर दाउमा राखेर हामीलाई समाचार उपलब्ध गराउने समाचार स्रोत, लेखक, हामीमार्फत आम जनतासमक्ष सत्य बक्ने अतिथिहरु, तथा सम्पूर्ण शुभेच्छुक महानुभावहरुप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं । तपाईंहरुको असीम माया, सद्भाव, सहयोग र हाम्रो निरन्तरको मेहेनतले यी ६ वर्षमा अर्थ सरोकार डटकम आर्थिक क्षेत्रको अग्रणी समाचार माध्यम बन्न सफल भएको छ ।
समाचार फगत सूचना, वा जानकारी मात्र होइन र हुनु हुँदैन । समाचार बरु परिवर्तनको प्रक्रिया हो भन्ने तथ्य मनन गरेर आजभन्दा ६ बर्ष अगाडी हामीले खोजमूलक समाचारलाई प्राथमिकता दिनेगरी अर्थ सरोकार डटकमको सुरुवात गरेका थियौँ । त्यतिबेला हामीसँग नयाँ जोसबाहेक केहि थिएन । आज ती दिनहरु फर्केर हेर्दा, र आज तपाईंहरुले गर्नुभएको मायाले आर्जित विश्वासको विशाल साम्राज्य हेर्दा लाग्छ- ‘सत्य’भन्दा अर्को सत्य केहि रहेनछ । तपाईंकै विश्वास र मायाले आज अर्थ सरोकार देशको अग्रणी आर्थिक समाचार पोर्टल मात्र बनेको छैन, बरु देशका कुना-कन्धरामा बज्ने नेपालको सबैभन्दा बढी प्रशारण पहुँच भएको आर्थिक रेडियो कार्यक्रम र नेपाली टेलिभिजनमा हेरिने सबैभन्दा लोकप्रिय आर्थिक टेलिभिजन कार्यक्रम पनि बन्न सफल भएको छ । यो हाम्रो सफलता मात्र होइन, तपाईंहरुले देखाउनुभएको अगाध मायाको नतिजा हो । र यसको श्रेय तपाईंहरुबाहेक अरु कसैलाई जान सक्दैन ।
हामीलाई थाहा छ, हामीले जति गरेका छौँ, त्योभन्दा धेरै गर्नुछ । र त यो संचार-यात्रामा हामी निरन्तर मेहेनत गर्दैछौँ । हरेक दिन नयाँ केहि सिक्दैछौँ, र सिकेका कुरालाई सत्यसँग जोडेर तपाईंलाई पस्किरहेका छौँ । प्रविधिको परिवर्तनसँगै हामी आजबाट ‘प्ले स्टोर’ र ‘एप स्टोर’मासमेत उपलब्ध छौँ भन्ने सुनाउँन पाउँदा हामी खुसी छौँ । हाम्रा दर्शक, स्रोता र पाठकलाई जहाँ हाम्रो उपस्थिति महसुस हुन्छ, त्यसलाई न्याय गर्ने हाम्रो कोसिस, हिजो पनि थियो, आज पनि छ, र भोलि पनि हुनेछ । र त अर्थ सरोकार तपाईंहरुले नै मन पराउनुभएका हाम्रो पात्रो, नेपाली पात्रो, ट्याक्सपर्ट, सेयर हब, नेपाल सेयर, हाम्रो सेयर, लगायतका चर्चित एपहरुमा पनि उपलब्ध छ भन्ने तथ्यले हामीलाई खुसी तुल्याउँछ । यसका लागि उल्लेखित सबै संस्थाहरुप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ ।
आजको यो सुखद् दिनमा ‘धन्यवाद’ भन्नुपर्नेहरु धेरै छन् । अर्थ सरोकारको सुरुवाती दिनमा हामीलाई बाटो देखाउने परिचित-अपरिचित गुरुहरु, हाम्रो यो यात्रामा आफ्नो जीवनको महत्वपूर्ण समय विताउने हाम्रा पूर्व सहकर्मीहरु, हरेक दिन नयाँ केहि खोज्न निरन्तर लागिरहने हाम्रा सहकर्मी साथीहरु, सत्यको पक्षमा हामीलाई साथ दिने हाम्रा समाचार स्रोतहरु, हाम्रो प्रयाससँगै हातेमालो गर्ने सम्पूर्ण साझेदार रेडियो स्टेसनहरु, टेलिभिजन च्यानलहरु, विज्ञापनदाता, हामीलाई दु:ख पर्दा ‘हामी छौँ’ भनेर साथ दिने साथीहरु, नेपाल पत्रकार महासंघ, नियामक प्रेस काउन्सिल नेपाल लगायत सबैलाई आजको यो विशेष दिनमा आभार प्रकट गर्न चाहान्छौँ ।
यो बीचमा हामीले कयौँ दिन पाठकको अगाध मायाले दिएको सन्तुष्टीको आभाष गरेका छौँ । केहिपटक भएका पाठकको खबरदारीले हामीप्रतिको तपाईंहरुको विश्वास कुन हदसम्म रहेछ भन्ने बुझ्नसमेत हामीलाई सहज भएको अनुभव पनि ताजै छन् । हामी हिजो पनि यही भन्थ्यौँ, र आज पनि यही भन्छौँ- ‘पाठक, दर्शक, र स्रोताको अगाध विश्वासका अगाडी हामीलाई बेलाबेला आउने धम्की र प्रलोभनको कुनै अर्थ छैन । हामी निरन्तर खोजी समाचारको यात्रामा थियौँ, छौँ, र रहिरहनेछौँ ।
खुकुरी देखाएर लखेट्नेहरुले नै गन्तब्यमा छिटो पुर्याउँछन् । हामीलाई यो ६ बर्षमा त्यसरी नै धेरैले लखेटे । हाम्रो संचारकर्मले आत्तिएकाहरुले हामीप्रति पटक-पटक अनेक खालका प्रहार गरे । हाम्रै कतिपय पूर्वसहकर्मीहरु अरुबाट ‘प्रयोग’ भए । कतिले कानुन नै मेरो हातमा छ भनेर अदालतको दम्भ देखाए, कतिपयले ‘राजनीतिक कारवाही’ गर्छु भनेर धम्की दिए । सत्यको मार्गमा लागेकाहरुलाई यस्ता धम्की, र प्रलोभन नमिठो ठट्टाबाहेक केहि लाग्दारहेनछन् । र हामी यो तथ्य सुनाउँदा गर्व गर्छौँ- ‘आजसम्म हाम्राविरुद्ध परेका सबै खालका मुद्धामा हाम्रै जित भएको छ ।’ यसरी नकारात्मक तरिकाले दु:ख दिएर हामीलाई सकारात्मक उर्जा दिनेहरुप्रति पनि आजको यो विशेष दिनमा हामी आभार प्रकट गर्दछौँ ।
अझै केहि नयाँ गर्ने प्रयास गर्दैछौँ, तपाईंहरुको सहयोग, सद्भाव, मायाको अपेक्षा राखेका छौँ ।
सुरज प्याकुरेल
सञ्चालक / सम्पादक
अर्थ सरोकार डटकम
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्