×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार मोबाइल एप अव ‘एप स्टोर’मा पनि, सेयर लगानीकर्ताले सिधै प्रश्न राख्न सक्ने, यस्ता छन् नयाँ फिचर !

काठमाडौँ । नेपालको अग्रणी आर्थिक समाचार पोर्टल अर्थ सरोकार डटकमको मोबाइल एप साउन १ गतेबाट एप स्टोरमासमेत उपलब्ध भएको छ । संस्थाको छैटौँ बार्षिकोत्सवको अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच आइफोन प्रयोगकर्ताका लागि सो एप सार्वजनिक गरेको हो । स्मार्ट फोन प्रयोगकर्ताका लागि यसअघि नै अर्थ सरोकार मोबाइल एप प्ले स्टोरमा उपलब्ध गराएको थियो । छैटौँ बार्षिकोत्सवको अवसरमा ‘सेयर गुरु’ सुवासचन्द्र भट्टराईले सो एपको सुभारम्भ गरेका छन् । अव सो एपमार्फत सेयर लगानीकर्ताले सेयर बजारका आफ्ना समस्या, तथा अर्थ सरोकारका अतिथिहरुलाई सिधै प्रश्न गर्न सक्नेछन् भने सो एपमा भएको ‘इन्भेष्टर्स पोल’मार्फत खास विषयमा आफ्नो राय व्यक्तसमेत गर्न सक्नेछन् ।

सो एपमार्फत रेडियो अर्थ सरोकारसमेत सुन्न सकिनेछ भने अर्थ सरोकारका समाचारहरु पनि पढ्न सकिनेछ बिगत केहि समययता धेरै दर्शक, पाठक, र स्रोताले एपस्टोरमा पनि अर्थ सरोकार उपलब्ध हुनुपर्ने माग गर्दै आएका थिए । यसै तथ्यलाई ध्यानमा राख्दै अर्थ सरोकार एप स्टोरमासमेत उपलब्ध भएको हो ।

छैटौं वार्षिकोत्सवको अवसरमा एप्लिकेशन सार्वजनिक गर्दै’सेयर गुरु’ सुवाश चन्द्र भट्टराईले अर्थ सरोकारको मोबाइल एप आइफोन प्रयोगकर्ताका लागि पनि उपलब्ध हुनु खुसीको कुरा रहेको बताएका छन् । पछिल्लो समय बढ्दो आईओएस प्रयोगकर्ताको संख्यालाई ध्यानमा राख्दै अर्थ सरोकार एप्लीकेसन एप स्टोरमासमेत उपलब्ध भएसँगै अव सेयर तालिमका लागि नाम दर्ता गर्नसमेत सहज भएको उनको भनाई थियो ।

अर्थ सरोकारको मोबाईल एप्लिकेशन डाउनलोड गरी अर्थ सरोकार रेडियोसमेत सुन्न सकिन्छ भने सोहि एपबाट आफ्नो समस्या विज्ञहरुसँग सोध्नसमेत सकिनेछ ।

अर्थ सरोकारको मोबाइल एप डाउनलोड गर्न स्मार्ट फोन प्रयोगकर्ताले यहाँ र आइफोन प्रयोगकर्ताले यहाँ क्लिक गर्न सक्नुहुनेछ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: