×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘माओवादीका तर्फबाट फेरि पनि जनार्दन शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ…’ : माओवादी नेता बर्षमान पुन (भिडियोसहित)

काठमाडौँ । पूर्वअर्थमन्त्रीसमेत रहेका माओवादी नेता बर्षमान पुनले फेरि पनि माओवादीका तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा नै हुने बताएका छन् । संसद बैठकपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले शर्मा निर्दोष भएपछी माओवादीले अर्थमन्त्रीका रुपमा जनार्दन शर्मालाई नै पठाउने र उनका बारे छानविन समितिको प्रतिवेदन नआउन्जेल माओवादीका तर्फबाट अर्थमन्त्री नपठाउने बताएका हुन् ।
‘अहिले छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुभएको हो । छानबिन हुन्छ । उहाँले निर्दोष छु भन्नुभएको छ। उहाँ निर्दोष हो भने उहाँ नै अर्थमन्त्री हुनुहुन्छ । अर्को कोही मान्छे अहिले पठाउँदैनौं ।’ संचारकर्मीसँग कुराकानी गर्दै उनले भने ।
विगतमा मन्त्रीमाथि छानबिन गर्न यस्ता समिति बन्दा राजीनामा दिएको उदाहरण नभए पनि शर्माले दिएको उनको भनाई छ । ‘पार्टीले पनि राजीनामा दिँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको हो,’ उनले भने, ‘यद्यपि उहाँले राजीनामा दिन अनिवार्य थिएन । विगतमा बजेटका बारेमा विष्णु पौडेलजीका बारेमा कुरा उठेर संसदीय समिति बन्यो तर उहाँले राजीनामा दिनुभएन । भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा बजेट लिक भयो भनेर संसदमा आवाज उठ्यो, समिति बन्यो तर उहाँले राजीनामा दिनुपरेन । अर्थमन्त्रीजीले उच्च नैतिकता देखाउनुभएको छ। छानबिनलाई सहयोग गर्छु भन्नुभएको छ, त्यो स्वागतयोग्य कुरा हो ।’ उनले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: