×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बाल्ट्राका सामानहरु प्रयोग गर्नेहरु होसियार ! कुनै पनि बेला जानसक्छ तपाईका बच्चाको ज्यान, नपत्याए हेर्नूस् प्रमाण !

काठमाडौं । किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी भएको छ । काठमाडौं महाराजगञ्जमा बस्ने एक टेलिभिजनमा पत्रकार समेत रहेकी शारदा शर्माले चिया पकाउने क्रममा चुल्होमा आगलागी भएको हो । करिब एक महिना अघि नजिकैको सेल्स बेरीबाट उक्त इन्डक्सन चुल्हो खरिद गरेएको थियो ।

“बुधबार साँझतिर घरमा चिया पकाइसकेपछि इन्डक्सन चुल्हो बन्द गरेर अर्को कोठामा गएर चिया पिउँदै थिएँ,” उनले सुनाइन्, “भान्सामा गएर हेर्दा इन्डक्सनमा रातो घेरा देखिएको थियो । पछि बाहिर निकाल्दा झ्याप्पै आगोको ज्वाला निस्कियो ।” आफूले विगत चार पाँच वर्षदेखि विद्युतीय चुल्हो प्रयोग गर्दै आएको भए पनि अहिलेसम्म यस्तो घटना भोग्नु नपरेको उनको भनाई छ ।

“बाल्ट्राको इन्डक्सन चुल्हो दैनिक जसो प्रयोग गर्दै आएकी थिएँ,” उनले अगाडि भनिन्, “खरिद गर्दा एक वर्षको वारेन्टी दिइएको थियो । तर एक महिनामै यस्तो भयो ।” आफू घरमै रहेको र साँझको बेला भएकाले चुल्होमा आगलागि भए पनि कुनै ठूलो दुर्घटना भने हुन नपाएको शारदाले बताइन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: