×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय बाणिज्य बैंकमा ग्राहक र सुरक्षा गार्डबीच कुटाकुट, बन्दुक खोस्न खोजेपछि झन् लफडा ! (भिडियोसहित)

PRIME CA

राष्ट्रिय बाणिज्य बैंकमा ग्राहक र सुरक्षा गार्डबीच कुटाकुट, बन्दुक खोस्न खोजेपछि झन् लफडा ! (भिडियोसहित)

२९ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महिनैपिच्छे केहि न केहि काण्ड परिरहने, र ग्राहकको सेवामा सबैभन्दा झुर बैंकका रुपमा बदनामी कमाएको नेपालको एक मात्र सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकमा ग्राहक र सुरक्षा गार्डबीच कुटाकुट भएको छ । बैंकको बाजुरास्थित कोल्टी शाखा साखामा ग्राहक र सुरक्षा गार्डबीच कुटाकुट भएको हो ।
कुटाकुट हुन थालेपछि ग्राहकले सुरक्षा गार्डको बन्दुक खोस्न खोजेका थिए । बन्दुक खोस्न खोजेपछि त्यहाँका सुरक्षा गार्ड थप आक्रामक बनेका थिए ।
‘धन्न सुरक्षा गार्डको बन्दुक खोसिएन । नत्र बाजुरा साखामा बुधबार गोली चल्थ्यो ।’ प्रत्यक्षदर्शी बैंकका ग्राहक भन्छन्- ‘ग्राहक पनि उस्तै, बैंकका कर्मचारी पनि उस्तै, सुरक्षा गार्ड पनि उस्तै । कोहि भन्दा कोहि कम देखिएन । तर आज ठुलो दुर्घटना टर्यो ।’ उनका अनुसार सेवाग्राही भने बढी आक्रामक देखिएका थिए भने उनले सानो विषयमा निहुँ खोजेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार असार मसान्त नजिकिंदै गर्दा बैंकमा आज ठुलो भीड छ ।
यता बैंकका मेनेजरले भने घटनालाई बंग्याउने प्रयास गरेका छन् । एक जना सेवाग्राहीले लाइनमा बस्न नमानेपछि सुरक्षा गार्डले सम्झाउन खोज्दा सुरक्षा गार्डको बन्दुक खोस्ने प्रयास भएको राष्ट्रिय वाणिज्य बैंकको दाबी छ । तर ग्राहकले भने आफ्ना मान्छे मात्र सुटुक्क घुसाएर लाइन बस्नेहरुलाई कुरिरहनुपर्ने स्थिति भएपछि विवाद भएको दाबी गरेका छन् ।
राष्ट्रिय बाणिज्य बैंक यस्ता प्रकरण घटिरहने बैंकमा अग्रस्थानमा पर्छ । केहि समय अगाडी बैंकको इलाम साखामा धितो राखिएको सक्कली सुन फिर्ता गर्दा नक्कली भएको प्रकरण बाहिर आएको थियो । यस्तै नेपालगंजमा पनि बैंकमा नक्कली धितो राखेर कर्जा लिईएको प्रकरण बाहिर आएको थियो । पछिल्लो समय सार्है कमजोर सुविधा भएपछि ग्राहकहरुले यो बैंकलाई ‘मालपोत बैंक’समेत भन्न थालेका छन्।  भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: