काठमाडौं । साउन महिनामा बैंकहरुको निक्षेपको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघका अनुसार बैकरहरुबीच साउनमा पनि निक्षेपको ब्याजदरलाई यथावत राख्ने सहमति भएको हो ।
विगत ४ महिनायता यथावत रहेको ११.०३ प्रतिशत ब्याजदरलाई साउन महिनामा पनि कायमै राख्ने सहमति वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले गरेको हो । ब्याजदर बढाउँदा थप निक्षेप नबढ्ने निष्कर्ष निकाल्दै साउन महिनामा पनि पुरानौ दर कायम गरिने सहमति भएको संघले जनाएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी महिनादेखि बैंकको ब्याजदर बढाउनुपर्ने आवश्यकता औल्याइ रहँदा बैंकरहरुले भने नबढाउने निर्णय गरेका हुन् । यसअघि चैत्र, वैशाख जेठ,असार महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेको थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्