×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमामा बिग मर्जर : रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स मर्जरमा जान सहमत, स्वाप रेसियो १:१

PRIME CA

बीमामा बिग मर्जर : रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स मर्जरमा जान सहमत, स्वाप रेसियो १:१

२९ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स १:१ स्वाप रेसियोमा मर्जरमा जाने भएका छन् ।  बुधबार बिहान दुई कम्पनीले मर्जरमा जाने सम्झौतामा हस्ताक्षर गरेका हुन् । आज एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर प्रारम्भिक सम्झौतापत्र मा हस्ताक्षर गरेका हुन् ।

रिलायन्स लाइफको आजै बिहान ८ बजे बसेको बसेको सञ्चालक समितिको बैठकले सानिमा लाइफ इन्स्योरेन्ससम्ग एक आपसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धमा प्रारम्भिक समझदारी पत्रको मस्यौदा स्वीकृत गरेको थियो ।

सम्झौता समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: