×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बीमा कम्पनीको पूँजी अझै बढ्छ, मर्जरका लागि हतार गर्नूस्, फेक डकुमेन्ट बनाएर झ्युक्याउन पाइन्न’ : सिलवाल  

काठमाडौँ । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले पूँजीबारे दिइएको निर्देशन पालना नगर्ने बीमा कम्पनीको कारोबार नै रोक्का हुन सक्ने चेतावनी दिएका छन् । बिहिबार लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र बीमा समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिलवालले समितिको निर्देशनअनुसार पूँजी बढाउन केहि कम्पनीहरुले रुची नदेखाएको भन्दै त्यस्ता कम्पनीहरुको कारोबार नै रोक्का हुने चेतावनी दिएका हुन् ।

‘कम्पनीले निश्चित दायित्व बोक्न सक्छ । पूँजीचाहिं २ अर्वको रहने, अनि दायित्वचाहिं त्योभन्दा बढीको रहने हुन सक्दैन । पूँजी नबढाउने जुनसुकै कम्पनीको जुनसुकै बेला पनि कारोबार बन्द हुन सक्छ । दायित्व बहन गर्न नसक्नेगरी तपाईंहरुले व्यापार गर्न पाउनुहुन्न । बीमा समितिले त्यस्तो गर्न दिंदैन ।’ सबैजसो बीमा कम्पनीका सीइओहरु उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- ‘अव यो वा त्यो वाहा चल्दैन । मर्जरका लागि हतार गर्नूस् । अव धेरै समय नहुन सक्छ ।’
उनले बीमा कम्पनीको पूँजी थप बढ्न सक्नेसमेत बताएका छन् । पैसाको ‘टाइम भ्यालु अफ मनि’लाई ख्याल गरेर बीमा कम्पनीहरुको पूँजी थप बढ्न सक्ने उनको भनाई छ । ‘अहिलेको जतिमात्र होइन, बीमा कम्पनीको मूल्य झन् बढ्न सक्छ । अझै पक्कै बढ्छ ।’ उनले भने- ‘अहिले पैसाको भाउ जति छ, त्यो परिवर्तन हुने हुनाले बीमा कम्पनीको पूँजी पनि पक्कै बढ्छ र बढ्नुपर्छ ।’

केहि बीमा कम्पनीहरुले ‘रिसिभेवल्स’का नाममा कहिले पनि नउठ्ने पैसा देखाएर सेयरधनीहरुलाई झुक्याईरहेको बताउँदै अव त्यस्ता रकममा शतप्रतिशत प्रोभिजनिङको व्यवस्था हुनुपर्ने तर्क गरे । ‘पैसा कहिले पनि उठ्ने होइन, अहिले बर्षौंसम्म त्यसलाई आउनुपर्ने पैसा भनेर रेकर्ड गर्ने अनि जनतालाई झुक्याउने काम भएको छ । फेक डकुमेन्ट देखाएर कहिलेसम्म बिजनेश हुन्छ ?’ निकै कडा रुपमा प्रस्तुत भएका अध्यक्ष सिलवालले कार्यक्रममा भने, ‘अव त्यस्तो रकमलाई पूरै शत प्रतिशत प्रोभिजनिङ गर्नुपर्छ । सधैं त्यहि नआउने पैसा देखाउन पाइंदैन ।’

कार्यक्रममा बोल्दै उनले जरिवानाको रकम कम भएका कारण धेरै बीमा कम्पनीहरुले समयमा वित्तीय विवरण नबुझाएको प्रतिपनि असन्तुष्टी व्यक्त गरे । ‘सीइओ सापहरु १० हजार त हो नि जरिवाना भनेर चुप लाग्ने गर्नुभएको छ । सर्वोच्च अदालतले १ रुपैयाँ पनि कारवाही गरेको छ । कारवाही त आखिर कारवाही नै हो । जति गरे पनि कारवाहीलाई कारवाहीका रुपमा लिनुपर्छ ।’ उनले भने- ‘अव यो कारवाहीको दायरा पनि बढाउने हो कि भन्नेमा हामी सोचिरहेका छौं ।’

कार्यक्रममा उनले नियामक आइक्यान र नियामक बीमा समिति मिलेर आउँदा दिनहरुमा पनि थुप्रै काम गर्नुपर्ने बताएका छन् । ‘बीमा कम्पनीमा धेरैजना सीएहरु हुनुहुन्छ। हामी दुई नियामक मिल्दा हामीले धेरै काम गर्न सक्छौँ । यो कार्यक्रम सुरुवात हो, यस्ता धेरै कार्यक्रमहरु भविष्यमा गर्नुपर्छ । यसका लागि बीमा समिति सधैँ खुला छ ।’ उनले भने ।

कार्यक्रममा बीमा कम्पनीका सीइओहरु, आइक्यानका प्रतिनिधिहरु, बीमा समितिका प्रतिनिधिहरु लगायतका को उपस्थिति थियो । कार्यक्रममा जीवन बीमक संघ, बीमक संघ, आइक्यान र बीमा समितिका प्रतिनिधिहरु राखेर पछिल्लो समय उठेका बीमा सम्बन्धि मुद्धाहरुका बारेमा छलफलसमेत गरेका थिए । कार्यक्रममा बीमा कम्पनीका समस्याहरु, त्यसमा लेखा व्यवसायीहरुले गर्नुपर्ने भूमिका, बीमा समितिका समस्या, लगायत विविध विषयमा अन्तरक्रियासमेत भएको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: