×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजार घट्छ भनेर विवादमा तानिएका शाहले महालेखाको कार्यक्रममा के-के भनेका थिए ? हेर्नुहोस् पूरा भिडियो

काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले समग्र अर्थतन्त्र संकटमा भएका बेला सेयर बजार घट्छ भन्ने अभिव्यक्ति दिएपछि अहिले उनको चर्को विरोध भईरहेको छ । विशेषगरी सेयर बजारका लगानीकर्ताहरुले सामाजिक संजालमा उनको चर्को विरोध गरिरहेका छन् । सेयर बजार घट्छ भन्ने अभिव्यक्ति हचुवाको भरमा दिएर लगानीकर्तालाई ‘प्यानिक’ बनाउने काम भएको भन्दै उनको चर्को विरोध भएको हो । तर उनले भने आफुले समग्र अर्थतन्त्रको कुरा गरेको र केहिले पूरा कुरै नसुनी एकतर्फी धारणा र समाचार बनाएको आरोप लगाएका छन् ।
बुधबार सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले महालेखापरीक्षक कार्यालयको ६४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अझै सेयर बजार घट्ने बताएपछि उनको चौतर्फी विरोध भएको थियो । सार्वजनिक कार्यक्रममै सेयर बजार अझै घट्ने र महंगीसँगै बैंक ब्याजदर बढ्ने बताएपछि उनको अभिव्यक्तिप्रति सेयर लगानीकर्ताहरुको चर्को विरोध देखिएपछि उनले सो कार्यक्रममा पूराचाहिं के भनेका रहेछन् भन्ने जिज्ञासासमेत राखिरहेका छन् । र त हामीले सो कार्यक्रमको पूरा भिडियो यहाँ प्रस्तुत गरेका छौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: