×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास बैंकहरुलाई पनि सरकारी कारोबार गर्न दिन राष्ट्र बैंकसँग माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विकास बैंकहरुलाई पनि सरकारी कारोबार गर्न दिन राष्ट्र बैंकसँग माग

Artha Sarokar

२१ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विकास बैंकहरुले आफुहरुलाई पनि सरकारी कारोबार गर्न दिन माग गरेका छन् । आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीति तर्जुमाको सिलसिलामा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसियसन नेपाल डीबीएनका अध्यक्ष प्रद्युमन पोखरेलले विकास बैंकहरुको तर्फबाट यस्तो माग गरेका हुन् ।

विकास बैंकहरु नेपालका दुरदराजका क्षेत्र तथा ग्रामिण क्षेत्रमा काम गरिरहेको र त्यो क्षेत्रमा काम गरेको राम्रो अनुभव भएको पोखरेलले बताएका छन् । यस्तो सहयोगको काम गरिरहेको आफुहरुलाई पनि सरकारी कारोबार गर्न अनुमति दिनलाई नेपाल राष्ट्र बैंक समक्ष माग राखेका हुन् । विकास बैंकहरुलाई सरकारी कारोबार गर्न दिँदा स्रोत पनि हुने र बैंकिङ पहुँच पनि बढ्ने भन्दै उनले सरकारी कारोबार गर्न माग अगाडी सारेका छन् ।

विदेशी मुद्रा संचितिमा दबाब परिरहेको अहिलेको अवस्थामा आत्मनिर्भर हुन सकिने क्षेत्रका उद्योग व्यवसायमा हुने लगानीको जोखिम भार पनि घटाउनु पर्ने उनले सुझाव दिएका छन् । त्यस्तै अहिले समग्र विश्वअर्थतन्त्र नै दबाबमा परेका बेला सबै क्षेत्रले सन्तुलित र धैर्यता कायम गरेर काम गर्नुपर्ने बताउदै यसरी काम गर्ने संस्थाहरुलाई राष्ट्र बैंकले प्रोत्साहन गर्नुपर्ने उनको सुझाव थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी