×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘४-१२ को सेयर कर्जा नीति अव काम छैन, संस्थागत लगानीकर्तालाई मात्र भएपनि हटाईदिनुपर्यो’ : बिष्णु बस्याल

काठमाडौँ । नेपाल पूँजीबजार फोरमका सदस्य बिष्णु बस्यालले नेपालको सेयर बजार धेरै घटिसकेकाले नेपाल राष्ट्र बैंकले यसतर्फ गम्भीर हुनुपर्ने बताएका छन् । राष्ट्र बैंकले ल्याएको ४-१२ को सेयर कर्जाको नीतिको औचित्य अव नरहेको भन्दै उनले त्यसलाई पुनर्विचार गर्नुपर्ने तर्फसमेत राष्ट्र बैंकको ध्यानकार्षण गराएका छन् । ‘अव यो ४-१२ को नीति आवश्यक छैन । संस्थागत लगानीकर्तालाई मात्र भएपनि ४-१२ को नीति हटाउनुपर्यो ।’ उनले भने ।
स्वदेशी लगानीकर्ताको लगानीलाई निरुत्साहित गर्दा ‘क्यापिटल फ्लाइट’ हुनेतर्फ पनि राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताउंदै उनले नेपालमा रहेका सेयर लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने नीति आउनुपर्ने बताएका छन् । ‘नेपालमै रहेका सेयर लगानीकर्ताहरुलाई प्रोत्साहन गरियो भने क्यापिटल फ्लाइट पनि रोकिन्छ । यसतर्फ राष्ट्र बैंकको ध्यान जाओस् ।’ कार्यक्रममा बोल्दै उनले भने ।
कार्यक्रममा बोल्दै उनले मार्जिन ल्यान्डिङका लागि नन बैङ्किङ फाइनान्सियल संस्थाहरु खडा गरेर अगाडी बढ्नुपर्नेमासमेत जोड दिएका छन् । कार्यक्रममा उनले १५० रहेको रिस्क वेटको व्यवस्थालाई पनि पुनर्विचार गर्नुपर्नेमा राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए ।
यस्तै गभर्नरको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा कृषि बिज्ञहरुले कृषि कर्जाका नाममा जग्गामा पैसा गएकोतर्फ नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएका छन् । काठमाडौँको होटल र्याडिसनमा महासंघले गरेको आर्थिक बर्ष २०७९-८० को मौद्रिक नीतिको समिक्षा कार्यक्रममा बोल्दै एक कृषि बिज्ञले पछिल्लो समय कृषि कर्जाका नाममा पैसाजति जग्गामा गएको भन्दै यसतर्फ राष्ट्र बैंक गम्भीर हुनुपर्ने बताएका हुन् । ‘हामीले नेपाल राष्ट्र बैंकसँग सार्है आशा गरेका छौं । गभर्नरज्यू, यसपाली मुटुमा ढुंगा राखेर, देश सम्झेर मौद्रिक नीति ल्याईदिनूस्।’ कार्यक्रममा बोल्दै एक सहभागीले भने-‘कृषि कर्जा साँचो अर्थमा कृषिमै लगानी हुनुपर्यो ।’
यस्तै कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले साना लगानीकर्ताहरुले सेयर बजार बुझ्दा-बुझ्दै घाटा व्याहोरेकाले उनीहरुलाई उकास्नेगरी मौद्रिक नीति आउनुपर्नेमा जोड दिएका छन् । काठमाडौँको होटल र्याडिसनमा महासंघले गरेको आर्थिक बर्ष २०७९-८० को मौद्रिक नीतिको समिक्षा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । डिम्याट खातावहाक नै ५५ लाख कटिसकेकाले उनीहरुलाई ध्यान दिएर मौद्रिक नीति आउनुपर्ने उनको भनाई थियो । नेपाल राष्ट्र बैंकले ल्याएको ४-१२ को सेयर कर्जा नीतितर्फ संकेत गर्दै गोल्छाले यस्ता नीतिहरुले साना लगानीकर्ताहरुलाई निकै गाह्रो पारिरहेको बताएका छन् ।
‘अहिले डिम्याट खाता खोल्नेहरु नै ५५ लाख कटिसके । उनीहरुलाई ख्याल गरेर मौद्रिक नीति ल्याईनुपर्छ ।’ कार्यक्रममा बोल्दै उनले भने, ‘मौद्रिक नीतिमा साना सेयर लगानीकर्ताका पक्षमा आवश्यक नीतिहरु आउन आवश्यक छ ।’ कार्यक्रममा बोल्दै उनले आउँदो मौद्रिक नीतिले व्यवसायीका समस्याहरु पनि समाधान गर्न सक्नुपर्ने बताएका छन् ।
नीजि क्षेत्रले मौद्रिक नीतिले चासोका रुपमा हेरेको भन्दै उनले अवको आउने मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने खालेको हुनुपर्नेमा जोड दिए । अध्यक्ष गोल्छाले बैंकलाई नाफामा कडाइ गरेर अगाडि बढ्नुपर्ने र आयातमा सतप्रतिशत मार्जिनको व्यवस्थामा पुनरबिचार गर्नुपर्नेतर्फ नेपाल राष्ट्र बैंकको ध्यानाकर्षणसमेत गराएका छन् ।
‘उद्योग व्यवसायीले कर्जा नपाएको गुनासो गरिरहेका छन्, तरलताको समस्या समाधान गर्न मौद्रिक नीतिले केही सहज गर्नस सक्ने हाम्रो अपेक्षा छ । अहिले ठूलो चुनौति नभएपनि केही खास समस्या भने छ, साना उद्यमीको सम्झौता गरिसकेको ऋण नपाएको गुनासो गर्ने गरेका छन् भने कच्चा पदार्थको मूल्य बढ्दा मुल्यवृद्धिमा असर परेको छ ।’ कार्यक्रममा बोल्दै उनले भने-ब्याजदर कम हुँदा पनि धेरै बिकृति थिए, अहिलेको ब्याजदर र मूल्यवृद्धि धान्नै नसक्ने खालको छ।,’ अध्यक्ष गोल्छाले अनुत्पादकशिल क्षेत्रमा कडाइ गर्यो भने अर्बौंको राजश्व गुम्ने भन्दै त्यसले अर्कै समस्या निम्त्याउँने हुनाले त्यसतर्फ पनि ध्यान दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरे ।
महा संघमा बैंकहरुले अतिरिक्त शुल्क नलिई ऋण नदिएको सम्बन्धि दर्जनौं उजुरी आएको पनि अध्यक्ष गोल्छाले खुलासा गरे ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अर्का एक प्रतिनिधिले नेपाल राष्ट्र बैंक आफैं हुण्डीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् । बैंकिङ च्यानलमार्फत ल्याउनुपर्ने रेमिट्यान्स हुण्डीमार्फत आउँदा पनि राष्ट्र बैंक चुप लागेको बताउँदै उनले यस विषयमा केन्द्रीय बैंक गम्भीर हुनुपर्ने बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: