×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीका छोराको कम्पनीलाई पोस्न पूर्वअर्थमन्त्रीको ‘नीतिगत भ्रष्टाचार’ !, ७० अर्वको लगानी संकटमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्रीका छोराको कम्पनीलाई पोस्न पूर्वअर्थमन्त्रीको ‘नीतिगत भ्रष्टाचार’ !, ७० अर्वको लगानी संकटमा !

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले शेर बहादुर देउवाका छोराको कम्पनीलाई पोस्नेगरी कर छुट दिएको खुलासा भएको छ । प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंह देउवाको ब्लुप्रिन्ट ट्रेडिङलाई प्रत्यक्ष लाभ हुनेगरी स्यानेटरी प्याड आयातमा भन्सार छुट दिएको आशंकाभईरहेका बेला देउवाका छोराको कम्पनीसम्बन्धि कागजात नै बाहिरिएपछि सबैले गरेको आशंकामा बल पुगेको हो । गत बजेटमा अर्थमन्त्री शर्माले विदेशबाट आयात हुने सेनिटरी प्याडमा भन्सार छुट गरेका थिए भने नेपालमै बन्ने प्याडको कच्चा पद्धार्थमा लाग्ने भन्सार दर भने बढाएका थिए । यसले नेपाली प्याडहरु महँगो भएको गुनासो व्यापारीहरुले गर्दै आएका थिए ।

अर्थ सरोकारले फेला पारेको कागजमा जयवीरले स्थापना गरेको ब्लुप्रिन्ट ट्रेडिङ कम्पनीको चुक्ता पूँजी १ करोड छ। सो कम्पनीमा चितवनका हेमन्त बजगाईंसमेत साझेदार छन् । बजगाईं लामो समयदेखि आयातको काम गर्ने व्यापारी हुन् । कम्पनीमा जयवीरको नाममा ७० प्रतिशत र बजगाईंको नाममा ३० प्रतिशत सेयर रहेको पाइएको छ। आर्थिक वर्ष २०७४/७५ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको सो कम्पनीले अन्य सामानहरु पनि आयात गर्ने गरेको छ। बजेटअगाडि विदेशबाट स्यानेटरी प्याड आयात गर्दा १५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको थियो। सरकारले ९० प्रतिशत छुट दिएपछि अब भन्सार महसुल १.५ प्रतिशत मात्र लाग्नेछ।

जयवीरले स्थापना गरेको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङले बजेटले छुटको व्यवस्था गरिदिएपछि सो कम्पनीले अहिले ठुलो मात्रामा प्याड आयातको तयारी गरिरहेकोसमेत बुझिएको छ । यो घटनाले नेपालमा हुने नीतिगत भ्रष्टाचारलाई उदाङ्गो त पारेको छ नै, बजेट कसका लागि बन्दो रहेछ भन्ने तथ्यको पनि खुलासा भएको जानकारहरु बताउँछन्।

शर्माले गत जेठ १५ मा ल्याएको बजेटमा स्यानेटरी प्याड आयातमा लाग्दै आएको भन्सार शुल्कको ९० प्रतिशत छुट दिएका थिए । आयातमा भन्सार महसुल छुट दिने र आन्तरिक उत्पादनको कच्चा पदार्थ आयातमा महसुल वृद्धि गर्ने नीतिले देउवापुत्रको कम्पनीलाई फाइदा भएको छ भने नेपाली व्यवसायीहरुलाई त्यसले ठुलो घाटा पुर्याएको छ ।

अव यो तथ्य बाहिर आएपछि प्रधानमन्त्रीले पनि किन राजिनामा नदिने भन्ने प्रश्न पनि उठेको छ । बजेट निर्माणका क्रममा बिचौलिया प्रयोग गरेको आरोपमा अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएका थिए । उनले गरेको बदमासीबारे छानविन गर्न उच्चस्तरीय समितिसमेत बनेको छ ।

७ अर्बभन्दा बढी लगानी रहेका सेनेटरी प्याड उद्योगलाई धराशयी बनाएर व्यापार एकलौटी बनाउन जयवीरसिंहको मिलेमतोमा अर्थमन्त्रीले भन्सार छुट दिएको भन्दै यसअघि नै केहि नेपाली व्यापारीहरुले आवाज उठाउँदै आएका थिए। तर त्यसविषयमा ठोस प्रमाण नहुँदा धेरै बोल्न सकेका थिएनन् । तर अव देउवापुत्रको कम्पनीको कागजात नै बाहिरिएपछि प्रधानमन्त्री देउवालाई थप नैतिक संकट परेको छ ।

यता शर्माले रातो करविरुद्ध भन्सार शुल्क घटाएको दाबी गर्दै आएका छन् ।

नेपालमा ७ अर्बभन्दा बढी लगानी भइसकेको उद्योगको मतलव नगरी देउवापुत्रको एउटा कम्पनीलाई पोस्नेगरी आएको नीतिको पोल खुलेको भन्दै यसलाई तुरुन्त सच्याउनुपर्ने व्यवसायीहरुको माग छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: