×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिपीए अवार्डमा मुक्तिनाथ बिकास बैंकको ‘ह्याट्रिक’ ! अवार्ड लिन किन गएनन् मेगा, सनराइज र ज्योति बिकास बैंक ?

काठमाडौँ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले हरेक बर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्ड यसपटक पनि वितरण गर्यो । शुक्रबार काठमाडौँको होटल एभरेष्टमा आयोजित एक विशेष कार्यक्रमका बीच सो अवार्ड प्रदान गरिएको थियो । बैंकिङ क्षेत्रतर्फ सो अवार्ड सिद्धार्थ बैंकले जितेको थियो भने मेगा बैंक र सनराइज बैंक क्रमश: दोश्रो त तेश्रो भएका थिए । बिकास बैंकतर्फको सो अवार्ड मुक्तिनाथ बिकास बैंकले पाएको थियो । बैंकले तेश्रो पटक सो अवार्ड हात परेको हो । बिकास बैंकतर्फ ज्योति बिकास बैंक दोश्रो भएको थियो । यस्तै जनरल सेक्टरतर्फ बुटवल पावर कम्पनीले सो अवार्ड हात पारेको थियो भने सो विधामा कर्जा सूचना केन्द्र दोश्रो भएको थियो । बोटलर्स नेपाल तराई सो विधामा तेश्रो भएको थियो । इन्स्योरेन्सतर्फको सो अवार्ड सानिमा जनरल इन्स्योरेन्सले प्राप्त गरेको थियो ।

तर अवार्ड वितरणमा एउटा दृश्य अलि खल्लो देखियो । कारण मेगा बैंक, सनराइज बैंक र ज्योति बिकास बैंक सो कार्यक्रममा उपस्थित नै भएनन् । यी सबै बैंकको फाइनान्स विभागमा आइक्यानकै सदस्य छन् । र सबैलाई यस विषयमा जानकारी दिइएकोसमेत थियो । तर मेगा, सनराइज र ज्योति सो अवार्ड वितरण कार्यक्रममा नआएपछि यसको खोजिनिधि भएको थियो ।

किन आएनन् बैंकका प्रतिनिधि ?

ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले आफुलाई यस विषयमा थाहा नै नभएको दाबी गरे ।’यसपाली बिपीए अवार्ड हामीले पाउँछौँ भनेर अपेक्षा गरेका थियौँ । तर सो अवार्ड कहिले भयो नै थाहा भएन। ‘ ‘तपाईंलाई आइक्यानले खबर गरेको थियो त !’ भन्ने हाम्रो प्रश्नमा उनले भने -‘त्यो बुझेर म खबर गर्छु । तर अवार्ड कार्यक्रम मिस भयो, राम्रो भएन ।

यता सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासँग यस विषयमा बुझ्न खोज्दा उनको फोन नै उठेन ।  सनराइज बैंकका ब्राण्डीङ डिपार्टमेन्टका सुमन थापाले भने आफुलाई यस विषयमा कुनै पनि जानकारी नभएको दाबी गरे । यता मेगा बैंककी कामु सीइओ रविना देशाराजले भने जाने भनेको कर्मचारी विरामी हुँदा कोहि पनि अवार्ड लिन नगएको दाबी गरिन् ।

यता आइक्यानले भने सबैलाई खबर गरिएको र अवार्ड पाउनेहरुमध्ये केहि किन आएनन् भन्ने विषयले आफुलाई पनि आश्चर्यमा पारेको बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: