काठमाडौँ । अर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासमक्ष गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे ब्रिफिङ गरेका छन् । केहि समय अगाडी उनले प्रधानमन्त्री समक्ष ब्रिफिङ गरेका हुन् । अव शुक्रबार विहानका लागि राष्ट्र बैंकको बोर्ड बैठक बोलाइएको छ । बोर्डले नीति पारित गरेर शुक्रबार बेलुकी मौद्रिक नीति आउने भएको छ ।
ब्रिफिङ क्रममा प्रधानमन्त्री देउवाले सरकारलाई सहयोग गर्नेगरी नीति ल्याउन आग्रह गरेका थिए । उनले केहि बुँदाहरुमा संसोधन गर्न समेत आग्रह गरेका थिए । जवाफमा गभर्नरले ‘हुन्छ’ भनेका छन् । तर ती बुँदाहरु के हुन् भन्ने विषय भने बाहिर आएको छैन ।
राष्ट्र बैंकका गभर्नरले पटक पटक कडा मौद्रिक नीति ल्याउने बताईरहेका छन् । केहि असामय अगाडी पनि उनले अर्थतन्त्रलाई ठिक ठाउँमा लैजानको केहि सहनु पर्ने स्थिति हुनसक्ने बताउँदै कडा मौद्रिक नीतिको संकेत गरेका थिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्