काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्ष भएदेखिनै लगानीकर्ताका पक्षमा एक-एक गरेर काम गरिरहेका र सोहि कारण ब्रोकर र ब्रोकरका ‘मतियार’हरुको आँखाको तारो बनिरहेका रमेश हमालले अर्को ‘क्रान्तिकारी’ निर्णय गरेका छन् । यसअघि सबैलाई ब्रोकर लाइसेन्स खुलाउने निर्णय गरेर आफु लगानीकर्ताका पक्षमा काम गर्न रतिपनि पछि नपर्ने प्रमाण दिएका उनले अन्तत: आश्वा शुल्क र ब्रोकर कमिसनसमेत घटाउने भएका छन् ।
उनले बोर्डको अध्यक्ष भएलगत्तै आन्तरिक रुपमा गठन गरेको अध्ययन समितिले सेयर ब्रोकर कमिसन र आस्वा शुल्क घटाउन सिफारिस गरेको छ । सेयर बजारमा प्राथमिक सार्वजनिक निष्कासनदेखि लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा लाग्ने शुल्कसम्मको अध्ययन गर्न गठन गरिएको उक्त अध्ययन समितिले आश्वा शुल्क र ब्रोकर कमिसन घटाउनुपर्ने निष्कर्ष र सिफारिससहितको प्रतिवेदन बोर्डमा बुझाएको छ । अव यो प्रतिवेदन बोर्डबाट पास हुन्छ र अन्तत: अहिले भईरहेको चर्को आश्वा शुल्क र ब्रोकर कमिसन घट्नेछ । यसले सेयर लगानीकर्ताहरुलाई मात्र होइन, समग्र बजारलाई पनि बलियो बनाउने विश्वास लिईएको छ ।
सो प्रतिवेदनमा ब्रोकर कमिसन र सार्वजनिक निष्कासनमा बैंकहरुले लिने आस्वा शुल्क घटाउनुपर्ने आधारसमेत उल्लेख छ । बोर्डका उपकार्यकारी निर्देशकको संयोजकत्वमा भएको अध्ययन समितिले कमिसन र आस्वा शुल्क समायोजन गर्दा लगानीकर्तालाइ राहत हुने निष्कर्ष निकालेको हो ।
घट्ने भो आश्वा शुल्क !
हमालकै नेतृत्वमा भएको यो कदमपछि अव नेपालमा आश्वा शुल्क घट्ने भएको छ । अहिले आईपिओ भर्दा नबिल, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकबाहेक सबैले चर्को शुल्क लिने गरेका छन् । आश्वावापत १० वटा बैंकले १० रुपैयाँ शुल्क लिने गरेका छन् भने ग्लोबल आईएमई बैंकले १५ रुपैयाँ लिने गरेको छ । ७ वटा बैैंकले २० रुपैयाँ र ४ वटा बैंकले २५ रुपैयाँ लिदा स्ट्यान्डर्ड चाटर्ड बैंकले १०० रुपैयाँ शुल्क लिंदै आएको छ । हरेक पटक तिर्नुपर्ने यस्तो रकमले लगानीकर्ताहरु मारमा पर्दै आएका छन् । पछिल्लो समय एकातर्फ आश्वा शुल्क बढी हुँदा खुलेको सेयरको रकम भन्दा आश्वा शुल्कको कुल रकम बढी हुँदै आएको तथ्यका बीच सेयर नपर्ने तर शुल्क काटिने हुँदा धेरै नयाँ लगानीकर्ताहरु पनि आइपीओ भर्न रुचाउन नै छोडेको तथ्यसमेत देखिएका बेला बोर्डको यो पहल कदमी सार्है सराहनीय छ ।
घट्ने भो ब्रोकर कमिसन !
यस्तै हमालको नेतृत्वमा रहेको बोर्डले अव ब्रोकर कमिसनसमेत घटाउने भएको छ । हाल ब्रोकर कम्पनीले हाल ५० हजार रुपैयाँसम्म सेयर खरिदबिक्री गर्दा लगानीकर्ताबाट कारोबार रकमको ०.४० प्रतिशत शुल्क लिन सक्ने व्यवस्था बोर्डले गरेको छ । ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखभन्दा माथि एक करोड रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार ०.३० प्रतिशत र १ करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिसन लिनसक्ने व्यवस्था बोर्डले गरेको छ ।
यस बाहेक सामूहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको कारोबार गर्दा ५ लाख रुपैयाँसम्मको कोरोबार ०.१५ प्रतिशत, ५ लाख देखि ५० लाखसम्मको कारोबारमा ०.१२ प्रतिशत र ५० लाख भन्दा माथिको कारोबारमा ब्रोकरहरुले ०.१० प्रतिशत कमिसन लिंदै आएका छन । तर, सानो रकमको कारोबार भएर कमिसन रकम १० रुपैयाँभन्दा कम हुन आएमा भने प्रतिकारोबार १० रुपैयाँ कमिसन लिन सक्नेछन । अव यी सबै खाले ब्रोकर कमिसन घट्ने भएको छ । बोर्डले अव कति ब्रोकर कमिसन घटाउने भन्ने विषय बोर्डमा लैजानेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्