×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

अर्थमन्त्रीको राजिनामापछि लाइसेन्स सम्बन्धि निर्णय उल्टाउन ब्रोकरहरु सक्रिय, आरजु देउवाकहाँ डेलिगेसन जाने तयारी !

SAGARMATHA CEMENTS

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको पहलमा र पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको जोडबलमा मापदण्ड पुगेका सबैलाई ब्रोकर लाइसेन्स खुलाउने निर्णय भएको भोलिपल्टै जनार्दन शर्माले अर्थमन्त्रीबाट राजिनामा दिएपछि अहिले भईरहेका ब्रोकरहरुको चलखेल बढेको छ । धितोपत्र बोर्डको निर्णय मन्त्रीपरिषद पुगेपछि मात्र सो नियमावली कार्यान्वयनमा आउने हुनाले अहिले मन्त्रीपरिषदमा सो एजेन्डा रोक्नका लागि ब्रोकरहरुले लविङ सुरु गरेका छन् ।

शर्माको राजिनामापछि अहिले प्रधानमन्त्री स्वयमले अर्थ मन्त्रालयको जिम्मा लिएका छन् । यस्तो बेलामा प्रधानमन्त्री पत्नी आरजु देउवालाई ‘कन्भिन्स’ गर्न सके काम हुने भन्दै केहि कांग्रेसी नेताहरुको पहलमा ब्रोकरहरु आरजु देउवाकहाँ डेलिगेसनकहाँ जाने तयारी गरिरहेको एक ब्रोकरले पुष्टी गरे । ‘२ करोड पूँजी भएको कम्पनीले २० करोड पूँजी कसरी पुर्याउनु ? हामीले त संघर्षमा जाने नै भनेको हो, हाम्रै अध्यक्षले खुट्टा कमाएर मात्र हो। ‘ एक ब्रोकरले भने, ‘कुरा कहाँबाट कहाँ पुगिसक्यो, हाम्रा अध्यक्ष सन्तोष मैनाली औपचारिक रुपमा निर्णय आएको छैन भनेर बस्नुभएको छ । निर्णय आएपछि त आइहाल्यो नि भनेर हामीले प्रेसर दिईरहेका छौं । अन्त प्रयास गरेर अव यो निर्णय रोकिन्न । सिधै प्रधानमन्त्री पत्नीलाई भेट्ने हो, के के चाहिन्छ हामी गर्छौँ, तर यो निर्णय रोक्नुपर्यो भन्ने हो।’

यता बोर्डले भने कुनै पनि हालतमा अव यो निर्णयबाट बोर्ड र सरकार नहट्ने दाबी गरेको छ । ‘प्रधानमन्त्रीसँग सल्लाह नै गरेर अध्यक्षज्यूले सबै काम गर्नुभएको छ । अर्थमन्त्री परिवर्तन भएपनि सरकार गठबन्धनकै छ । त्यसैले बोर्डको निर्णय प्रभावित हुँदैन।’ नेपाल धितोपत्र बोर्डका एक उच्च अधिकारीले भने- ‘पहिला पहिला त काम नगरे पनि हुन्थ्यो जस्तो बोर्ड थियो । अहिले हमाल सर आएपछि हाम्रै साथीभाईको सात्तोपुत्लो उडेको छ । उहाँको काम गर्ने शैली धेरै माथिल्लो तहको रहेछ । त्यसैले यो निर्णय तलमाथि हुन्छ भन्ने कुरामा कुनै पनि शंका नगरे हुन्छ ।’

यता धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल पनि आफुले बोलेको कुरा पूरा गरेरै छोड्ने भएकाले यो काम पनि फत्ते गरेरै छोड्ने दाबी गर्छन् ।

बोर्डले मापदण्ड पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली संसोधन गरेपछि एकातर्फ ब्रोकरहरुको रुवावासी सुरु भएको छ भने लगानीकर्ताहरु भने उत्साहित बनेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal