×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ठग’ चिनियाँहरुको एकपछि अर्को पोल खुल्दै, ठमेलको ‘कल–सेन्टर’मा पनि प्रहरीको छापा, ४ जना पक्राउ

PRIME CA

‘ठग’ चिनियाँहरुको एकपछि अर्को पोल खुल्दै, ठमेलको ‘कल–सेन्टर’मा पनि प्रहरीको छापा, ४ जना पक्राउ

अर्थ सरोकार

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार

काठमाडौँ । अहिले ‘तपाईले २५ लाख जित्नुभएको छ, तपाई आजको लक्की विनर बन्नुभएको छ’ भन्दै ठगी गर्ने गिरोह सक्रिय बनेको छ । कतिपयले त यस्तो ठगीबाट करोडौँ रुपैयाँ गुमाएका पनि छन् । दैनिक सयौँ नेपालीहरु ठगिन थालेपछि प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाएको छ । सोही क्रममा बुधबार प्रहरीले ठमेलबाट यस्तै ठगीमा संलग्न ४ जना निनियाँ नगरिकलाई पक्राउ गरेको छ ।

प्रहरीलाई प्राप्त सूचनाका आधारमा ठमेल चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले छापा मारेको थियो । ज्याठामा भियना होटलसँगै रहेको भवनमा अवैध रुपमा कल सेन्टर सञ्चालन गर्दै आएका ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । छापा मार्दा सो घरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, २०-२० वटा एनसेल र स्मार्ट सेलको सीम कार्ड र एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

यसभन्दा अगाडी प्रहरीले यस्तै कल सेन्टरमा छापा मारी ठगिमा संलग्न चिनियाँ नागरिकसहित ३६ जनालाई तीनकुनेबाट पक्राउ गरेको थियो । त्यस्तै आइतबार नै प्रहरीले बुटवलमा पनि चिनियाँ नागरिकले संचालन गर्दै आएको कल सेन्टरमा छापा हानेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: