×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीएचडिसीले विवरण लुकाउँदा सेयरधनीहरु जोखिममा, कानुनको धज्जी उडाउने कम्पनीलाई किन हुँदैन कार्वाही ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ असार २०७९, आईतवार

PRIME CA
laxmi sunrise bank

सीएचडिसीले विवरण लुकाउँदा सेयरधनीहरु जोखिममा, कानुनको धज्जी उडाउने कम्पनीलाई किन हुँदैन कार्वाही ?

काठमाडौँ । सेयर बजारमा चलखेल हुनु नौलो कुरा होइन । वित्तीय विवरण नै गलत देखाएर लगानीकर्ताहरुलाई झुक्यानमा पारी संचालकले आफु कमाउने दाउ गर्ने काम पनि नेपालमा नौलो कुरा होइन । तर सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (सीएचडिसी) ले भने आफ्नो वास्तविक विवरण नै लुकाएर सेयरधनीहरुलाई गुमराहमा राखेको पाइएको छ ।
लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको गरेको उर्दी अनुसार कम्पनीले आफ्नो स्वामित्वमा रहेका सहायक कम्पनीको समेत विवरण आफ्नो विवरणमा उल्लेख गर्नुपर्छ । यता कम्पनी ऐनले पनि आफ्नो स्वामित्वमा रहेको सहायक कम्पनीको विवरण आफ्नो बित्तिय विवरणमा उल्लेख हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर प्रचलित कानुनको धज्जी उडाएर यो कम्पनीले आफ्नो सहायक कम्पनी गण्डकी इनर्जी  लिमिटेडको विवरण लुकाएर लगानीकर्तामाथि घात गरेको आरोप लगानीकर्ताहरुको छ ।
सीएचडिसीसँग गण्डकी इनर्जी लिमिटेडको शतप्रतिशत स्वामित्व छ भने लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडमा गण्डकी इनर्जी लिमिटेडको ८४.१९ प्रतिशत सेयर छ । लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडको राधी हाइड्रोपावरमा समेत लगानी छ । राधीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनअनुसार राधीमा लमजुङ विद्युत विकास कम्पनी लिमिटेडको ४७.६२ प्रतिशत सेयर रहेको थियो । तर यो विवरण लुकाएर कम्पनीले सेयरधनीहरुलाई गुमराहमा राखिरहेको छ ।
सहायक कम्पनीले राधीको सेयर बेचेको छ वा छैन भन्ने विवरण लुकाउन खोजिएको जानकारहरु बताउँछन् । सो सेयर बेचिएको छैन भने राधीको लाभांशले कम्पनीलाई राम्रै प्रतिफल दिएको हुनुपर्छ । तर भित्रभित्र कम्पनीका केहि व्यक्तिहरुको मिलेमतोमा सेयरधनीहरुलाई सूचना लुकाएर चलखेल गर्न खोजिएको कम्पनीका संचालककै दाबी छ । कम्पनीले राधीको सेयर बेचेको छ कि छैन भन्ने आम सेयरधनीहरुलाई जनाकारी नदिईए पनि लमजुङ विद्युत् विकास कम्पनीले महँगो मूल्य भएका बेला राधीको १० लाखभन्दा बढी सेयर बिक्री गरेको बुझिएको छ । गत वर्षको असारदेखि साउनसम्ममा बेचिएको सेयरबाट कम्पनीलाई राम्रै मुनाफा भएको भएपनि त्यहाँबाट भएको आम्दानीलाई लुकाएर कम्पनीले आम सेयरधनीहरुलाई गुमराहमा राखेको स्रोतको दाबी छ । कम्पनीले राधीको सेयर बिक्रीबाट भएको आम्दानी कुनै पनि वित्तीय विवरणमा सार्वजनिक गरेको छैन, जसका कारण कम्पनीको वित्तीय विवरणमा कम्पनीको यथार्थ तथ्यांक नै राखिएको छैन ।
यता सार्वजनिक सूचीकृत कम्पनी नभएकाले लमजुङ विद्युत् विकास कम्पनीको सूचना निकाल्दैन । सीएचडिसीका अधिकारीहरु यस विषयमा बोल्न मान्दैनन् भने कतिपय कर्मचारी त आफ्नो सेयर होल्डिङको तथ्यांक सर्वसाधारणलाई खुलासा गर्न नसकिने बताउँछन् । आम सेयर लगानीकर्ताको ३० प्रतिशत स्वामित्व भएपनि सीएचडिसी कम्पनीले केहि निश्चित मान्छेको कम्पनीजसरी सेयरधनीहरुलाई मर्कामा पार्ने काम गरिरहेको छ ।
स्रोतका अनुसार यस्तो हुनुको पछाडि कम्पनीका प्रमोटरहरु आफ्नो लकिङ पिरियड सकिएपछि महँगो मूल्यमा सेयर बेचेर निस्कन चाहान्छन् । अवको केहि समयपछि सो अवधि सकिने हुनाले त्यहाँका बाठा संचालकहरुले वित्तीय विवरण लुकाईरहेको स्रोतको दाबी छ । ‘आफ्नो लकिङ पिरियड सकिएपछि सबै कुरा बाहिर ल्याएर, सेयरको मूल्य प्रभावित गरी आफु सेयर बेचेर हिड्ने योजनामा संचालक छन् । सोहि कारण खास प्रतिवेदन लुकाइएको छ ।’ स्रोतले भन्यो ।
यसरी वित्तीय विवरणमा देखाइनुपर्ने तथ्यहरु लुकाएर कम्पनीले मनपरी गर्दा पनि नियामक भने रमिते भएर बसेको छ ।  कम्पनीले यतिसम्म बदमासी गरेको छ कि कम्पनीको वेव साइटमा संचालकको विवरणसमेत कम्पनीले लुकाएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: