×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप-२ : विवरण लुकाउने सीएचडिसीविरुद्ध नेप्सेमा उजुरी, सीइओ भन्छन् -‘स्पष्टीकरण सोध्छौँ, प्रक्रिया अगाडी बढ्छ…’

काठमाडौँ । सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (सीएचडिसी) ले भने आफ्नो वास्तविक विवरण नै लुकाएर सेयरधनीहरुलाई गुमराहमा राखेको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि अहिले यो विषय चर्चामा छ । अझ त्यसमाथि प्रचलित कानुन मिचेर सेयर बेचिएको तथ्यसमेत अर्थ सरोकारले फलोअप रिपोर्टमा प्रस्तुत गरेपछि अहिले नेपाल धितोपत्र बोर्ड र नेप्सेमा समेत यो विषयले ठाउँ पाउन थालेको छ । यसैबीच एक सेयरधनीले कम्पनीले विवरण लुकाएको भन्दै नेप्सेमा उजुरी गरेका छन् । उनको उजुरीपछि नेप्सेले पनि कम्पनीलाई स्पष्टीकरण सोध्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने तयारी गरेको छ ।

भएको के हो ?   

सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (सीएचडिसी) ले भने आफ्नो वास्तविक विवरण नै लुकाएर सेयरधनीहरुलाई गुमराहमा राख्दै आएको छ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको गरेको उर्दी अनुसार कम्पनीले आफ्नो स्वामित्वमा रहेका सहायक कम्पनीको समेत विवरण आफ्नो विवरणमा उल्लेख गर्नुपर्छ । यता कम्पनी ऐनले पनि आफ्नो स्वामित्वमा रहेको सहायक कम्पनीको विवरण आफ्नो बित्तिय विवरणमा उल्लेख हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर प्रचलित कानुनको धज्जी उडाएर यो कम्पनीले आफ्नो सहायक कम्पनी गण्डकी इनर्जी लिमिटेडको विवरण लुकाएर लगानीकर्तामाथि घात गरेको आरोप लगानीकर्ताहरुको छ । यहि खबर अर्थ सरोकारले प्रकाशन गरेपछि जागरुक भएका सेयरधनीमध्ये एक सेयरधनी रितेश अधिकारीले कम्पनीको विवरण र सूचना लुकाइएको भन्दै नेप्सेमा आवश्यक कारवाही प्रक्रिया अगाडी बढाई सो कम्पनीको सूचना पाउँ भनी निवेदन दिएका छन् ।

सीएचडिसीसँग गण्डकी इनर्जी लिमिटेडको शतप्रतिशत स्वामित्व छ भने लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडमा गण्डकी इनर्जी लिमिटेडको ८४.१९ प्रतिशत सेयर छ । लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडको राधी हाइड्रोपावरमा समेत लगानी छ । राधीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनअनुसार राधीमा लमजुङ विद्युत विकास कम्पनी लिमिटेडको ४७.६२ प्रतिशत सेयर रहेको थियो । तर यो विवरण लुकाएर कम्पनीले सेयरधनीहरुलाई गुमराहमा राखिरहेको छ ।

समाचार प्रकाशनपछि संचालकको दौडधुप, नेप्सेका सीइओ भन्छन्- ‘कारवाही प्रक्रिया अगाडी बढ्छ’
अर्थ सरोकारले कम्पनीले विवरण लुकाएको, गैरकानुनी रुपमा सेयर बेचेको लगायतका समाचार तथ्यांकसहित प्रकाशन गरेअप्छि अहिले सो कम्पनीका संचालकहरु नेपाल धितोपत्र बोर्ड र नेप्सेमा दौडधुप गरिरहेका छन् । नेप्सेको सीसीटिभी फुटेजमा सो कम्पनीका अधिकारीहरु नेप्से पुगेको स्पष्ट देख्न सकिन्छ । नेप्सेका प्रमुख कृष्ण बहादुर कार्की, नेपाल धितोपत्र बोर्डका अधिकारीहरुलाई समेत भेटी कम्पनीका अधिकारीहरुले यस विषयमा कन्भिन्स गर्न खोजेको पाइएको छ ।  लामो समयदेखि कम्पनीले वित्तीय विवरणहरु प्रचलित कानुनअनुसार तयार गरिरहेका छैनन् भने कम्पनीले लामो समयदेखि विवरण लुकाएर राखेको छ । विवरण लुकाएर राख्दा कम्पनीका सेयरधनीहरु गुमराहमा परिरहेका छन् ।
यता नेप्सेका सीइओ कृष्ण बहादुर कार्कीले पनि नेप्सेमा सो कम्पनीविरुद्ध उजुरी आएको पुष्टी गरेका छन् । ‘उजुरी आएको छ, अव हामीले सो उजुरीलाई प्रक्रियामा अगाडी बढाउँछौँ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै नेप्सेका सीइओ कार्कीले भने, ‘वित्तीय विवरण लुकाएको भन्ने कुरा आएको छ । हामी पहिला कम्पनीलाई के कसो भएको हो भन्ने विषयमा सोध्छौँ । दोषी देखिएमा हाम्रो कार्यविधि अनुसार, र प्रचलित कानुनअनुसार कारवाही गर्छौँ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: