×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चेक बाउन्स’ मुद्धामा धनगढीका वडा अध्यक्ष पक्राउ, भन्छन्– ‘तिरिसकेको पैसाका लागि नियोजित रुपमा प्रपञ्च रचियो’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘चेक बाउन्स’ मुद्धामा धनगढीका वडा अध्यक्ष पक्राउ, भन्छन्– ‘तिरिसकेको पैसाका लागि नियोजित रुपमा प्रपञ्च रचियो’

Artha Sarokar

११ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली । कैलालीमा ‘चेक बाउन्स’ मुद्धामा प्रहरीले वडा अध्यक्षलाई अदालतमा उपस्थित गराएको छ । बुधबार प्रहरीमा आएको अदालतको पत्र अनुसार धनगढी उप-महानगरपालिकाका-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

‘अदालतमा परेको चेक अनादारको मुद्धामा शेर बहादुर महरालाई उपस्थित गराउन भनि हामीलाई जिल्ला अदालतबाट पत्र आएको थियो । सोही पत्रका आधारमा बुधबार महरालाई नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएका हौँ’- जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक खगेन्द्र साउँदले अर्थ सरोकारलाई भने ।

अध्यक्ष महरा विरुद्ध कृष्ण कुमार रानाले जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए । यता पक्राउ परेका भनिएका अध्यक्ष महराले ‘अध्यक्ष महरा पक्राउ’ भनि सार्वजनिक भएका समाचारप्रति आपत्ति जनाएका छन् । धनगढी ७ का कृष्ण कुमार रानाबाट घरायसी कामका लागी ५ लाख रुपैँया सापटी लिएको र सो मध्येको ४ लाख रुपैँया फिर्ता गरिसकेको अवस्थामा नियोजित रुपमा मुद्धा हालेको अध्यक्ष महराले विज्ञप्ति मार्फत जानकारी दिएका छन् । ‘सोही मुद्धाका लागी बुधबार म जिल्ला अदालत कैलालीमा उपस्थित भएको थिए। अदालतमा उपस्थित भएर मैले लिएको रकमको सावाँ–ब्याज सबै तिरिसकेको छु’– जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तो छ विज्ञप्तिः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी