काठमाडौं । सिटिजन्स बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ४० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी अरुण भगतले आफ्नो नाममा रहेको ४० हजार कित्ता सेयर बिक्री खुला गरेका हुन् । सो सेयरमा बैंकका संस्थापक सेयरधनीले न्यूतम १६० रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र सिटिजन्स बैंकको प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।