दाङ । देव बिकास बैंकको १८ करोड हिनामिना प्रकरणमा ३३ जनालाई कैद सजाय हुने भएको छ । उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता दीक्षित गौतम र न्यायाधीश राजाराम सिलवालको इजलासले बैंकका कर्मचारी र सञ्चालक समितिका सदस्यलाई दोषी ठहर गर्दै ३३ जनालाई कैद सजायको फैसला सुनाएको हो । उनीहरुलाई नगद गरिवानासमेत गरिएको छ । २०७६ सालमा देव विकास बैंक नारायणपुर शाखाबाट १८ करोड रकम हिनामिना भएपछि बैंकका कर्मचारी र सञ्चालक समितिसहित ५६ जना सदस्यविरूद्ध नेपाल सरकारले मुद्दा दायर गरेको थियो ।अदालतका शाखा अधिकृत गोकर्ण वलीका अनुसार दोषी ठहर भएका ३३ जनालाई कैद तथा जरिवानाको सजाय तोकी बैंकको बिगोसमेत भराउने फैसला भएको छ ।
भएको के थियो ?
देब बिकास बैंक (तत्कालीन वेष्टर्न डेभलोपमेन्ट बैंक) मा समिर बुढाथोकीले कनिष्ठ अधिकृत भई नारायणपुर शाखामा शाखा प्रबन्धक भएपछि २०७४ फागुनदेखि २०७६ जेठसम्मको अवधिमा कर्जा खाताहरूको भौतिक फाइल खडा नगरी बैंकिङ सफ्टवेयर प्रणालीमा कृत्रिम ३६ वटा कर्जा खाता खोलेका थिए । ती खाताबाट उनले १७ करोड ९९ लाख ९० हजार बराबरको कर्जा रकम सिर्जना गरी ठगी गरेका थिए । बैंकका अन्य कर्मचारी तथा ऋणीहरुको मिलेमतोमा उनले यस्तो बदमासी गरेका थिए । पछि ती ऋणहरुमा समस्या देखिएपछि यस विषयमा तथ्य खोज्दै जाँदा बैंकभित्र बुढाथोकीले गरेको बदमासी बाहिर आएको थियो ।
उनले बसन्तबहादुर बस्नेतसमेतका ४५ जना व्यक्तिका खातामा रकम पठाएर ४५ जनाले आफ्नो खाताबाट झिकी प्रयोग गरी बैंकको रकम हिनामिना गरेका थिए । सो हिनामिना अदालतले समेत ठहर गरी बुढाथोकीसहित अन्य प्रतिवादीलाई बिगोसमेत भराउन आदेश दिएको छ । बैंकमा फर्जी खाता खोली बैंकको रुपैयाँ हिनामिना गर्ने बुढाथोकीलाई अन्य प्रतिवादीहरूले अप्रत्यक्ष रूपमा सहयोग गरेको देखिएकोले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५ को उपदफा ६ बमोजिम मुख्य कसुरदार बुढाथोकीलाई हुने सजायको आधा सजाय हुने फैसला अदालतले गरेको छ ।
यो प्रकरणमा बैंकका लेखापरीक्षक प्रेम भुर्तेलसमेत परेका थिए । उनलाई भने लेखापरिक्षक भएकै कारण यो मुद्धा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले हेर्ने भन्दै आइक्यानले सो मुद्धा लिएको थियो । अहिले सो मुद्धा अनुसाशन समितिमा विचाराधीन छ । तर अदालतले केस टुंग्याउंदा पनि यता आइक्यानले भने सो केसमा के गर्ने भन्ने टुंगो दिएको छैन ।
घोटाला भएको बैंक पछि देब बिकास बैंक भएको थियो । देव बिकास बैंक अहिले कुमारी बैंक भएको छ । कुमारी बैंक स्वयम् पनि घोटाला र अनेक काण्ड भईरहने बैंक हो । बैंकभित्रको १९ करोड घोटाला काण्ड केहि समयअघि मात्र बाहिर आएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्