×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाको प्रश्न -‘गभर्नरलाई फाल्ने कि राख्ने ?’, प्रचण्डको जवाफ- ‘शर्मालाई अर्थमन्त्रीमै ल्याएर फाल्न पाए मज्जा आउँथ्यो’

PRIME CA
GLOBAL IME BANK

देउवाको प्रश्न -‘गभर्नरलाई फाल्ने कि राख्ने ?’, प्रचण्डको जवाफ- ‘शर्मालाई अर्थमन्त्रीमै ल्याएर फाल्न पाए मज्जा आउँथ्यो’

३० असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नरको पदबाट निलम्बन गर्ने विषयमा सत्तारुढ दलका नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार गभर्नर अधिकारीलाई पदमै राख्ने कि निलम्बन गर्ने भन्ने विषयमा देउवा र प्रचण्डबीच छलफल भएको हो । बुधबार दुई नेताबीच गभर्नर महाप्रसाद अधिकारीलाई राख्ने कि फाल्ने बिषयमा छलफल भएको बुझिएको छ । यसअघि नै सरकारले गभर्नरलाई बर्खास्तीको प्रयास गरेको थियो । पछि अदालतबाट सफाई पाएर गभर्नर अधिकारी राष्ट्र बैंकको गभर्नरकै रुपमा फर्किएका थिए ।

प्रचण्डको योजना- ‘जनार्दन शर्मालाई पुन: अर्थमन्त्री बनाउने, र गभर्नर फाल्ने’
करका दर हेरफेर गरेको आरोपपछि अहिले जनार्दन शर्माविरुद्ध छानविन समिति बनेको छ । सो समितिले कामसमेत सुरु गरिसकेको छ । तर मन्त्रालयको सिसिटिभी फुटेज नै हटिसकेको अवस्थामा शर्मालिई दोषी देखाउन सो समितिले सक्ने सम्भावना एकदम कम भएको बुझिएको छ। र त अर्थमन्त्रीमा पुन: जनार्दन शर्मालाई ल्याएर गभर्नरलाई पुन: बर्खास्त गर्ने योजनामा सरकार छ । ‘प्रचण्डलाई देउवाजीले गभर्नरको विषयमा के गर्ने भनेर सोध्नुभएको थियो ।’देउवानिकट स्रोत भन्छ- ‘प्रचण्डले फाल्ने त फाल्ने नै हो, तर अर्थमन्त्रीलाई पुन: ल्याएर फाल्न पाए मज्जा हुन्थ्यो भन्ने जवाफ प्रचण्डको थियो ।’ उनका अनुसार शर्मा दोषी देखिने देखियो भने केहि दिनभित्र गभर्नरलाई बर्खास्त गर्ने तयारी सरकारको छ ।

आन्तरिक परामर्शमा गभर्नर
यता आफ्नो नाम एमालेको अर्थ तथा योजना विभागमा रहेको प्रसङ्गले देश तातेपछि गभर्नर महाप्रसाद अधिकारी पनि आन्तरिक परामर्शमा छन् । स्रोतका अनुसार उनले बुधबार केहि कानुन व्यवसायी, एमालेका नेताहरुसँग पनि यस विषयमा छलफल गरेका थिए । उनले सरकारले बर्खास्त गर्न सक्छ कि सक्दैन, गर्यो भने के गर्ने ? लगायतका विषयमा छलफल गरेको स्रोतको दाबी छ । एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी नाम देखिएपछि उनी अहिले विवादमा छन् । स्वयम् सोहि विभागका अन्य सदस्यले पनि महाप्रसाद अधिकारी नै सो विभागमा रहेको बताईरहेका बेला यो विषय झनै पेचिलो बनेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: