×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै !

Artha Sarokar

१० श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गर्ने भएको छ । सेबोनले साउन १२ गते धितोपत्र बजार तथा विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्न भएको हो ।

बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले भने पहिलो पटक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छन् । छोटो अवधिमा पनि हमालले पूँजी बजारको विकासका लागि केही राम्रा काम गरिरहेकाले महत्वपूर्ण योजना ल्याउने अपेक्षा गरिएको छ ।

अध्यक्ष हमालले नेपाल  राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा गरिएको सेयर बजार सम्बन्धी व्यवस्थालाई नीति तथा कार्यक्रममा समेट्ने समेत बुझिएको छ ।

उक्त नीति तथा कार्यक्रमका लागि बोर्डले बजारका सरोकारवालाहरुसँग राय तथा सल्लाह र सुझाव मागिसकेको छ । जसको अन्तिम म्याद असार २० गतेसम्म रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी