×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ब्रोकरको सवालमा बोर्डको ‘क्रान्तिकारी निर्णय’ पछि सेयर दलालहरुको ‘रुवावासी’ सुरु, लाइसेन्स फिर्ता गर्ने धम्की !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मापदण्ड पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिनेगरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली संसोधन गरेपछि अहिले भएका सिमित ब्रोकरमध्ये केहिको रुवावासी सुरु भएको छ । ब्रोकरहरुले पूँजी बढाउनुपर्ने र हरेक आर्थिक बर्षमा नयाँ ब्रोकरको लाइसेन्स खोलिने भएपछी बोर्डको निर्णयप्रति केहि ब्रोकरहरु असन्तुष्ट बनेका हुन् । कतिपय ब्रोकरहरुले त पूँजी तत्काल २० करोड पुर्याउन नसक्ने भन्दै बरु लाइसेन्स फिर्ता बुझाउने धम्की दिएका छन् । यो संसोधन अगाडी नबढाउनसमेत चौतर्फी दबाब दिएका ब्रोकरहरुले अन्तत: सो संसोधन भएरै छोडेपछि यस्तो रुवावासी सुरु गरेका हुन् ।

‘बजारमा पैसा नै छैन, यस्तो बेला २० करोड पूँजी कसरी पुर्याउनु ? यो निर्णय तत्काल खारेज हुनुपर्छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक ब्रोकरले भने, ‘हामीले कहाँ काम गर्न सकेनौँ, त्यो हेर्नुपर्ने ठाउँमा सबैलाई ब्रोकर लाइसेन्स दिने काम ठिक भएन । अव बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिएपछि हामीले कसरि प्रतिष्पर्धा गर्ने ? बैंकहरुसँग हामीले प्रतिष्पर्धा गर्न सक्छौँ ? त्यसमाथि २० करोड पूँजी कसरी पुर्याउनु ? अहिले ३-४ करोडले भईरहेको कामलाई कसरी २० करोड हाल्नु ?’

ती ब्रोकरहरुले ब्रोकर एसोसिएसनसँग सल्लाह भईरहेको र यो निर्णय खारेज नभए सबै ब्रोकरहरुले ब्रोकर लाइसेन्स नै फिर्ता गर्नेगरी संघर्षका कार्यक्रम अगाडी बढाउनेसमेत बताए । ‘हामीले तत्काल यो काम नगर्नु भनेर लविङ गरेकै हो, तर हाम्रो रोजीरोटी नै खोसिनेगरी काम भएको छ । अहिलेसम्म हामीले बजारलाई दिएको योगदानको अवमूल्यन भएको छ । यस्तो अवस्थामा हामी कसरी टुलुटुलु हेर्ने ?’

ब्रोडले गरेको नयाँ निर्णय अनुसार अव ब्रोकरहरुले आगामी दुई वर्षभित्र आफ्नो चुक्ता पूँजी २० करोड पुर्याउनुपर्नेछ । हाल ब्रोकरहरुको चुक्तापूँजी २ करोड रुपैयाँ छ । बोर्डले ब्रोकर लाइसेन्सको कोटासमेत खारेज गरिदिएपछि अहिले ब्रोकरहरुको निद हराम भएको छ ।

‘बिजनेशचाहिं सबै खोसिदिने, अनि दुई वर्षमा २० करोड पूँजी कसरी पुर्याउने ?’ ती ब्रोकरले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: